दिल्लीबाट फर्किएका थिए रुपन्देहीका कोरोना संक्रमित युवा « Khabarhub

दिल्लीबाट फर्किएका थिए रुपन्देहीका कोरोना संक्रमित युवा


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– रुपन्देहीका एक जनामा कोरोना संक्रमण देखिएको छ ।

२५ वर्षीय पुरुषको राष्ट्रिय जनस्वास्थय प्रयोगशालामा परीक्षण गर्दा नतिजा पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकाश देवकोटाले जानकारी दिए ।

उनलाई अहिले बुटवल धागो कारखानाबाट अस्पतालमा ल्याउने क्रम जारी छ । मन्त्रालयका अनुसार अहिलेसम्म नेपालका कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । जसमध्ये ४९ पुरुष र १० महिला रहेका छन् भने १६ जना निको भएका छन् ।

भारतबाट आएका थिए युवा

रुपन्देहीमा कोरोना संक्रमण देखिएका युवा वैशाख ५ गते भारतको नयाँ दिल्लीबाट फर्किएको खुलेको छ ।

रुपन्देहीको कोटहीमाई गाउँपालिका १ सिपवाका यी २५ वर्षे युवा वैशाख ५ मा नेपाल फर्किएको पाइएको प्रदेश ५ का सामाजिक विकास मन्त्रालयको स्वास्थ्य शाखा प्रमुख उमाशंकर चौधरीले बताए ।

दिल्लीमा मजदुरी गर्ने युवालाई स्वदेश फर्केलगत्तै मझगावामा रहेको जनता माविको क्वारेन्टाइनमा राखिएको थियो ।

क्वारेन्टाइनमै बसेका बेला उनको पीसीआर जाँच गरिएको थियो । उनको ८ जनाको परिवार भएपनि उनले परिवारलाई नभेटेको चौधरीले बताए । उनी कति जनाको समूहमा आएका थिए भन्ने बारे खोजबिन भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ५ : ०५ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका