दिल्लीबाट फर्किएका थिए रुपन्देहीका कोरोना संक्रमित युवा « Khabarhub

दिल्लीबाट फर्किएका थिए रुपन्देहीका कोरोना संक्रमित युवा


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– रुपन्देहीका एक जनामा कोरोना संक्रमण देखिएको छ ।

२५ वर्षीय पुरुषको राष्ट्रिय जनस्वास्थय प्रयोगशालामा परीक्षण गर्दा नतिजा पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकाश देवकोटाले जानकारी दिए ।

उनलाई अहिले बुटवल धागो कारखानाबाट अस्पतालमा ल्याउने क्रम जारी छ । मन्त्रालयका अनुसार अहिलेसम्म नेपालका कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । जसमध्ये ४९ पुरुष र १० महिला रहेका छन् भने १६ जना निको भएका छन् ।

भारतबाट आएका थिए युवा

रुपन्देहीमा कोरोना संक्रमण देखिएका युवा वैशाख ५ गते भारतको नयाँ दिल्लीबाट फर्किएको खुलेको छ ।

रुपन्देहीको कोटहीमाई गाउँपालिका १ सिपवाका यी २५ वर्षे युवा वैशाख ५ मा नेपाल फर्किएको पाइएको प्रदेश ५ का सामाजिक विकास मन्त्रालयको स्वास्थ्य शाखा प्रमुख उमाशंकर चौधरीले बताए ।

दिल्लीमा मजदुरी गर्ने युवालाई स्वदेश फर्केलगत्तै मझगावामा रहेको जनता माविको क्वारेन्टाइनमा राखिएको थियो ।

क्वारेन्टाइनमै बसेका बेला उनको पीसीआर जाँच गरिएको थियो । उनको ८ जनाको परिवार भएपनि उनले परिवारलाई नभेटेको चौधरीले बताए । उनी कति जनाको समूहमा आएका थिए भन्ने बारे खोजबिन भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ५ : ०५ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल