भारतमा थप दुई साता ‘लकडाउन’ लम्ब्याइयो « Khabarhub

भारतमा थप दुई साता ‘लकडाउन’ लम्ब्याइयो


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै भारतले लकडाउनको अवधि  दुई साता थप गरेको छ ।

यसअघि मे ३ अर्थात वैशाख २१ गतेसम्म गरिएको लकडाउनको अवधि थप गरेर मे १७ अर्थात जेठ ४ गतेसम्म कायम गरिएकाे बीबीसीले जनाएको छ ।

भारतको केन्द्रीय गृह मन्त्रालयले लकडाउनको अवधि दुई हप्ता बढाउने घोषणा गरेको जनाइएको छ । मन्त्रालयले स्थानीयलाई विहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म अत्यावश्यक काम बाहेकमा घर बाहिर ननिस्किन अनुरोध गरेको छ ।

भारतमा गत मार्च २५ अर्थात चैत १२ देखि लकडाउन गरिएको हो। लकडाउनका बाबजुद् भारतमा कोरोनाभाइरस संक्रमितको संख्या भने दिनदिनै बढिरहेको छ।

शुक्रबारसम्म त्यहाँ ३५ हजार बढी मानिसलाई संक्रमण पुष्टि भएको छ भने १ हजार १५० जनाको ज्यान गएको छ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ८ : २१ बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय