राज्यमन्त्री मानन्धरको पहलमा मजदुरहरुका लागि 'मेस' सञ्चालन | Khabarhub Khabarhub

राज्यमन्त्री मानन्धरको पहलमा मजदुरहरुका लागि ‘मेस’ सञ्चालन


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको पहलमा काठमाडौंका विभिन्न स्थानमा सामुहिक मेस सञ्चालनमा ल्याइएको छ ।

निरन्तरको लकडाउनका कारण दैनिक गुजारा चलाउन कठिन अवस्थामा पुगेका मजदुर तथा विपन्न वर्गका लागि  सामुहिक मेस सञ्चालनमा ल्याइएको हो ।

राहत वितरणबाट पनि समस्या समाधान हुन नसकेका बेला राज्यमन्त्री मानन्धरको पहलमा काठमाडौंको बालाजु आसपासका क्षेत्रमा सामुहिक मेस सञ्चालनमा ल्याइएको हो।

शहरी विकास राज्यमन्त्री मानन्धरको पहलमा नागार्जुन नगरपालिका र काठमाडौं महानगरपालिका वडा नम्बर १६ र १७ मा खाना खुवाउने अभियान जारी छ । स्थानीय तहहरुले वितरण गरिरहेको राहतमा सहयोग गर्ने र खाना नपाएकाहरुलाई पनि सहयोग पुर्‍याउने भावनाले मेसमा खाना खुवाउने अभियान सुरु गरिएको राज्यमन्त्री मानन्धरले बताए ।

मन्त्री मानन्धरले विभिन्न स्थानमा सञ्चालित मेसमै पुगेर आफू पनि मजदुर मजदुरहरुसँगै खाना खाने र आवश्यक सहयोगको पहल गर्ने गरेका छन्।

शुक्रबार मन्त्री मानन्धरले सबै मेसहरुको अवलोकन समेत गरे । नागर्जुन नगरपालिकाको वडा नम्वर १,२ र ३ तथा काठमाडौं महानगरको विभिन्न स्थानमा सञ्चालित मेसमा दैनिक दुई छाक खाना खुवाउने गरिएको मन्त्री मानन्धरले बताए ।

करिब एक हजारदेखि १२ सयसम्मलाई दैनिक खाना खुवाइएको छ । महानगरको वडा १६ अन्तरगत बाइपासको तरुण मावि, गंगाहल नजिक होलीगार्डेन स्कुलसँगै, बाइसधारा स्विमिङ पुलको पछाडि बिहान बेलुकी खाना खुवाउने गरिएको छ ।

यस्तै बनस्थली खरिबोट, सानोभर्‍याङ, मैपी मन्दीरको प्रांगण र नयाँबजारको सासा बैंक्वेटमा बिहान बेलुकी नै खाना खुवाउने गरिएको मन्त्री मानन्धरले जानकारी दिए ।

महानगरको १७ नम्वर वडाको इन्द्रायणी मन्दीरमा भने साँझको खाना मात्र खुवाउने गरिएको छ । मन्त्री स्वयं मजदुरहरुसँग बसेर खाना खाँदा सर्वसाधारणले पनि खुसी व्यक्त गरेका छन् ।

प्रदेशसभा सदस्य प्रकाश श्रेष्ठले मन्त्री मानन्धरको पहलमा लकडाउन अवधिभरका लागि खाना खुवाउने प्रवन्ध मिलाईएको जानकारी दिए ।

यस्तै नागार्जुन नगरपालिकाका उपप्रमुख सुशीला अधिकारीले मेसबाट खाना खुवाइरहेको बताइन । विभिन्न संघ संस्थाहरुको सहयोगमा सम्बन्धीत क्षेत्रका बासिन्दाले खाना बनाउने र खुवाउने गर्दै आएका छन्। खाना बनाउनका लागि आवश्यक दाल चामल तरकारी लगायतका खाद्यान्नको व्यवस्थापनका लागि दाताहरुले पनि सक्दो सहयोग गरिरहेको मन्त्री मानन्धरले बताए ।

मन्त्री मानन्धरले राहतसँगै खानाका लागि सामुहिक मेस सञ्चालन गर्दा सहज हुने भएकाले आवश्यक सहजीकरणका लागि स्थानीय सरकारहरुलाई आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ९ : २४ बजे

देशभरका सामुदायिक विद्यालयमा नि:शुल्क खानेपानी वितरण गर्छु : मन्त्री यादव

पर्सा– खानेपानीमन्त्री प्रदीप यादवले देशभरका सामुदायिक विद्यालयमा निकट भविष्यमै नि:शुल्क

सबै युवा तथा बालबालिकालाई खेलकुदमा जोड्न आवश्यक : मुख्यमन्त्री कँडेल

काँक्रेविहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सबै युवा तथा बालबालिकालाई

जसपा नेपालको कार्यकारिणी समिति बैठक : नेताहरूले रिपोर्टिङ गर्दै, मुख्य तीन एजेन्डामा छलफल

काठमाडौं- जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आइतबार

काठमाडौं उपत्यकालाई ढाक्यो तुँवालोले (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकामा दिउँसोको समयमा घाम लागे पनि वायु प्रदूषणको

सहकारीको डेढ अर्ब हिनामिना- पक्राउ परे जिसस म्याग्दीका प्रमुख थापा

म्याग्दी- एउटा सहकारीबाट डेढ अर्ब रुपैयाँभन्दा धेरै हिनामिना भएको प्रकरणमा