अध्यक्ष ‘प्रचण्ड’सहित नेपाल निकट नेताहरुबीच कोटेश्वरमा छलफल « Khabarhub

अध्यक्ष ‘प्रचण्ड’सहित नेपाल निकट नेताहरुबीच कोटेश्वरमा छलफल


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालसहित वरिष्ठ नेता माधवकुमार नेपाल निकट स्थायी कमिटी सदस्यहरूले कोटेश्वरमा छलफल गरेका छन्।

सचिवालय बैठकको पूर्व सन्ध्यामा नेता नेपाल निकट स्थायी कमिटी सदस्यहरुबीच भएको छलफलमा अध्यक्ष प्रचण्ड पनि सहभागी भएका हुन् ।

सचिवालय बैठकबाट छिट्टै स्थायी कमिटी बैठक डाक्न माग राखिने विषयमा छलफल भएको सहभागी एक नेताले जानकारी दिए ।

उनले भने ‘हामीले भोलिको सचिवालय बैठकमा स्थायी कमिटीको बैठकको मिति तोक्न आग्रह गर्‍यौँ। सचिवालयले मात्र अहिलेको समस्याको समाधान दिन्छ जस्तो लाग्दैन। घण्टौँ उहाँले छलफल गर्नुहुन्छ। कुनै निष्कर्ष निस्किएको छैन। त्यसैले स्थायी कमिटी बैठक बोलाउन भनेका छौँ ।’

स्थायी कमिटी बैठकबाटै अस्पष्ट भएका कुरामा स्पष्ट हुँदै जानुपर्नेमा उनले जोड दिए ।

छलफलमा सहभागी अर्का सदस्य वेदुराम भुसालले नेता नेपालले अध्यक्षको प्रस्ताव अस्वीकार गर्ने र प्रधानमन्त्रीको हकमा राजीनामा दिएर मार्ग प्रस्तात गरे त्यसमा सहमत हुनसक्ने बताए।

‘अध्यक्ष बन्ने हकमा त विधानमा व्यवस्था पनि छैन। नेता नेपालले सो प्रस्तावमा जान नसकिने कुरा गर्नु भएको छ। प्रधानमन्त्रीको हकमा उहाँले राजीनामा दिएर वामदेव कमरेडलाई प्रधानमन्त्री बन्ने प्रकिया अघि बढाए सहमति हुन सकिन्छ।’

नेता नेपाललाई भेट्न स्थायी कमिटी सदस्य युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, बेदुराम भुसाल, सुरेन्द्र पाण्डेलगायत स्थायी कमिटी सदस्य कोटेश्वर पुगेका थिए । स्थायी कमिटीसँग छलफल चलिरहँदा प्रचण्ड पनि कोटेश्वर पुगेका थिए ।

प्रचण्ड र नेपालले प्रधानमन्त्री ओली स्थायी कमिटी बैठक डाक्ने पक्षमा नरहेको बिफ्रिङ गरेका थिए ।  तर, स्थायी कमिटी सदस्यहरुले भने बहुमतबाट भए पनि स्थायी कमिटी बैठक डाक्न सुझाएका छन्।

बुधवारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले वामदेव गौतमलाई प्रधानमन्त्री र नेता नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव राखेका थिए त्यसपछि प्रम ओलीले बिहीबार नेता नेपालसँग भेट गरेका थिए भने शुक्रबार दिउँसो प्रचण्डसँगसमेत भेट गरेका थिए।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  १० : ४९ बजे

‘ताखु’बाट धागो कात्दै कालिकोटका बल बहादुर (तस्बिरहरू) 

काठमाडौं– संघीय राजधानी काठमाडौंको हनुमानढोका दरबार स्क्वायर आउने प्रायः आगन्तुकहरूले

निर्वाचनको तयारी : राजनीतिक दल र नागरिक प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला

सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा स्थानीय समस्यामा

भोजपुर– भोजपुरमा वषौँअघि सडक विस्तार भएका क्षेत्रको जग्गा अहिलेसम्म सरकारीकरण

जेन-जी आन्दोलनः गगन थापाले कार्यकर्तालाई सुनाए काठमाडौंमा डेरा नपाएको पीडा…

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन–जी आन्दोलनमा आफ्नो

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत– पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका छन्