अश्वेत व्यक्ति मृत्यु प्रकरण : अमेरिकाका २५ शरहमा कर्फ्यू तोडेर प्रदर्शन « Khabarhub

अश्वेत व्यक्ति मृत्यु प्रकरण : अमेरिकाका २५ शरहमा कर्फ्यू तोडेर प्रदर्शन


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीकै कारण एक अश्वेत व्यक्तिको मृत्यु भएपछि मिनेशोटाबाट सुरू भएको प्रदर्शन हिंसात्मक बनेपछि अमेरिकाका २५ शहरमा जारी गरिएको कर्फ्यू तोडेर प्रदर्शन भइरहेको छ।

जर्ज फ्लोइडको प्रहरीले यातना दिएरै मृत्यु भएको भन्दै मिनेशोटामा सोमबारदेखि जारी प्रदर्शनले शनिवारबाट उग्ररूप लिएपछि बिभिन्न २५ शहरमा कर्फ्यू जारी गरिएको थियो ।

कर्फ्यूलाई अझै निरन्तरता दिइए पनि प्रदर्शनकारीहरूले कर्फ्यू तोडेर प्रदर्शन गरिरहेको सिएनएनले जनाएको छ ।

ब्यापक मात्रा प्रहरी परिचालन गरिए पनि प्रदर्शनकारीहरूले आगजनी, ढुंगामुडा र तोडफोड रोकेका छैनन् । मिनियापोलस, एट्लान्टा, लस एन्जलस, फिलाडेलफिया, पोर्टल्याण्ड, लुइसभिलासहितका शहरमा कर्फ्यू जारी भए पनि प्रदर्शन नरोकिएपछि प्रहरीले सयौं प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

बीबीसीका अनुसार न्यूयोर्क सिटीबाट मात्रै ३५० जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदर्शनकारी र प्रहरीबीचको झडपमा १२ जना भन्दाबढी प्रहरी सामान्य घाइते भएका छन् ।

गएको सोमबार डेरेक शौभिन नामक ४४ वर्षीय (पूर्वप्रहरी) सुरक्षा गार्डले  ४६ वर्षका फ्लोइडलाई पक्राउ गर्ने क्रममा उनको घाँटीमा घुँडाले थिचेको उनको त्यसको केही बेरमा मृत्यु भएको आरोप लाग्दै आएको छ ।

शौभिनलाई हत्याको आरोपमा पक्राउ गरिएको छ भने उनी घटनापछि पदमुक्त भइसकेका छन् । उनलाई सोमवार अदालतमा पेस गरिने जनाइएको छ।

गत सोमवार राति प्रहरीलाई एउटा पसलमा एक व्यक्तिले नक्कली नोट दिएको भनी फोन आएपछि त्यहाँ पुगेका सुरक्षाकर्मीले नक्कली नोट दिने भनिएका व्यक्ति जोर्ज फ्लोइडलाई समातेर गाडीमा राख्न खोज्दा उनी जान नमानेको तथा प्रतिकार गरेपछि हत्कडी लगाइएको प्रहरीको दाबी गर्दै आएको छ।

यसैबीच फ्लोइडको परिवारका वकिलले उनको हत्या जानाजान गरिएको आरोप लगाएका छन् । उक्त आरोपसँगै चुभनमाथि ‘फस्ट–डिग्री’ मडरको अभियोग अनुसार कारवाही प्रक्रिया अघि बढ्नु पर्ने माग गरिएको छ ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  ९ : ४० बजे

उद्योगमन्त्रीले भनिन्- हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद, अब सरकारले चलाउँछ

बागमती– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि आर्थिक

कान्स अवार्ड जित्ने फिल्मको टोलीलाई सरकारले सम्मान गर्ने

काठमाडौं – कान्स चलचित्र महोत्सवमा दोस्रो महत्त्वपूर्ण प्रतिस्पर्धामा ‘अन सर्टेन

नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्व राजनीतिमा देखिएको विद्यमान

रास्वपाकी सांसदको अनौठो चिन्ता : राम्री भएकैले मेरो धेरै आलोचना गरियो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सृष्टि भट्टराईले पूर्वगृहमन्त्री सुधन गुरुङसँग

१५ देखि २२ गतेसम्म हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप आयोजना हुने

काठमाडौं– काठमाडौंमा आगामी जेठ १५ देखि २२ गतेसम्म हिमालयन लिटरेचर