बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा गएराति भएको दुर्घटनामा घाइते भएका सबै २१ जनाको सनाखत भएको छ ।
प्रहरीले सार्वजनिक गरेको नामावली अनुसार सल्यानका १०, दाङका ६ र रोल्पाका ५ जना घाइते भएको खुलेको छ ।
दुर्घटनामा मृत्यु भएका १२ जनामध्ये ९ जनाको भने अझै सनाखत हुन सकेको छैन । मृतकमध्ये अहिलेसम्म गाडी चालक दैलेखका दानबहादुर खड्का र सहचालक सुर्खेतका पवनबहादुर भण्डारीको मात्र सनाखत भएको प्रहरीले जनाएको छ ।
यस्तो घाइतेहरुको नामावली विवरण
- दाङ जिल्ला धर्ना ४ का ४५ वर्षीय मेघराज केसी
- दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिकाका ३९ वर्षीय विष्णु गिरी
- दाङ जिल्ला राजपुर २ का २१ वर्षीय जीवन घर्ती
- दाङ जिल्ला राजपुर गा.पा. ६ का २० वर्षीय दिपेश चौधरी
- दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका २ का २३ वर्षीय रुपलाल केसी
- दाङ जिल्लाका २० वर्षीय भरत थापा
- रोल्पा जिल्ला त्रिवेणी गा.पा. ७ का १७ वर्षीय सुनिल परियार
- रोल्पा त्रिवेणी गा.पा. ७ का २० वर्षीय वीरेन्द्र परियार
- रोल्पाका त्रिवेणी गा.पा. ७ का १८ वर्षीय पुरन परियार
- रोल्पा जिल्ला कुरैति गा.पा. २ का ५२ वर्षीय नर बहादुर विक
- रोल्पा जिल्ला टुटु ८ का ४० वर्षीय दिल ब. बिक
- सल्यान जिल्ला कुपिण्डेदह गा.पा. का २० वर्षीय मिनराज बिक
- सल्यान जिल्ला सिद्धकुमाख गा.पा. ५ का तेज बहादुर बुढाथोकी
- सल्यान जिल्ला सिद्धकुमाख गा.पा. ४ का २८ वर्षीय लोकेश घर्ती
- सल्यान जिल्लाका १८ वर्षीय धन बहादुर बोहरा
- सल्यान जिल्लाका ५२ वर्षीय दीप बहादुर बुढा
- सल्यान जिल्ला शारदा गा.पा. ६ का टीका चलाउने
- सल्यान जिल्लाका शिव भण्डारी
- सल्यान जिल्ला सिद्धकुमाख गा.पा. ५ का २६ वर्षीय निम बहादुर बादी
- सल्यान जिल्ला सिद्धकुमाख गा.पा. ५ का १८ वर्षीय देवेन्द्र बुढाथोकी
- सल्यान जिल्ला सिद्धकुमाख गा.पा. ५ का १७ वर्षीय ज्ञान बहादुर बोहरा ।
प्रतिक्रिया