सामाजिक सञ्जालमा कुन बलिउड सेलिब्रेटीको कस्तो चर्चा ? | Khabarhub Khabarhub

सामाजिक सञ्जालमा कुन बलिउड सेलिब्रेटीको कस्तो चर्चा ?


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडका लगभग सबै चर्चित सेलिब्रेटी एक ब्यस्त लाइफस्टाइलमा जिउने गर्दछन् । तर कोरोनाको संक्रमण र लकडाउनका कारण यी सबै सेलिब्रेटी अहिले घरभित्रै कैद छन् ।

जसका कारण अहिले यी स्टारहरुसंग घरमा समय कटाउनुको विकल्प छैन । यस्तोमा उनीहरु सामाजिक सञ्जालमा आफ्ना फ्यानहरुका लागी सक्रिय भई उनीहरुलाई मनोरञ्जन गरिरहेका छन् । कुल बलिउड सेलिब्रेटीले सामाजिक सञ्जालमा के के गरे त ?

१. करण जौहर
लकडाउनको अवधीमा दिग्गज बलिउड फिल्ममेकर करण जौहरले आफ्ना बच्चा यश र रूहीको भिडियो सिरिज शुरु गरेका छन् । उनले दैनिक यश र रुहीको भिडियो अपलोड गर्दै आएका छन् । यी दुबै सेरोगेसीबाट प्राप्त सन्तान हुन् ।

२. आलिया भट्ट
लकडाउनको दौरान बलिउड अभिनेत्री आलिया भट्ट अनलाइन क्लास लिनेसहित वर्कआउटमा ब्यस्त छिन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा आलियाले आफ्नो घरपालुवा बिरालोको तस्वीर अपलोड गर्दै आएकी छिन् । फ्यानका बीचमा उनको बिरालो निकै लोकप्रिय बनेको छ ।

३. श्रद्धा कपूर
बलिउड अभिनेत्री श्रद्धा कपूरलाई कुकुर धेरै मनपर्छ । उनी अक्सर आफ्नो इन्स्टाग्राम एकाउन्टमा घरपालुवा कुकुरको तस्वीर अपलाड गरेकि थिइन् । लकडाउनको दौरानमा उनले आफ्नो इन्स्टाको पोष्ट र स्टोरीमा कुकुरको तस्वीरले भरेकि छिन् ।

४. अर्चना पुरन सिंह
द कपिल शर्मा शोकी पर्मानेन्ट अतिथि अर्चना पुरन सिंह लकडाउनमा घरमा रहँदा फ्यानको मनोरञ्जनका लागी आफ्नी घरेलु कामदार (कामवाली बाई)को भिडियो अपलोड गरेकि छन् । अर्चनाकी मेड भाग्यश्रीको चुलबुलापनलाई धेरैले रुचाएका छन् ।

५. नेहा धुपिया
लकडाउनको समयमा बलिउड अभिनेत्री नेहा धूपिया आफ्नी छोरी मेहरका साथका तस्वीर अपलोड गरिरहेकी छिन् । मेहरको तस्वीरलाई नेहाका फ्यानले अत्यन्त रुचाएका छन् । तसर्थ नेहालाई उनीहरुको डिमाण्ड रहने गरेको छ, जतिसक्दो धेरै मेहरको तसिबर पोष्ट गर ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  १० : ३९ बजे

प्रधानमन्त्रीले छलफलका लागि बोलाए कांग्रेसलाई

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई छलफलका

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

धनकुटा–  ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुर साल्पासिलिछो गाउँपालिका-४ बस्ने

उत्पादन र निर्माण क्षेत्रको अवस्था ऋणात्मक हुन्छ : राष्ट्र बैंक

काठमाडौं– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो

छोराको हत्या आरोपमा आमा पक्राउ

पर्सा– आफ्नै ५ महिनाको छोराको हत्या गरी फरार रहेको अभियोगमा वीरगंज महानगरपालिका-१७

रुसलाई हतियार नदिएको किमकी बहिनी जोङको दाबी

काठमाडौं– उत्तर कोरियाका शासक किम जोङ उनकी बहिनी किम यो