लकडाउनको समयमा पनि विकास निर्माणको काम निरन्तर | Khabarhub Khabarhub

लकडाउनको समयमा पनि विकास निर्माणको काम निरन्तर


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- सर्लाहीका स्थानीय निकायले लकडाउनको समयमा पनि विकास निर्माणका कामलाई प्राथमिकता दिएका छन् ।

आर्थिक वर्ष २०७६/०७७ मा रकम विनियोजन भएका विकास निर्माणका काम धमाधम भइरहेका छन् ।

जिल्लामा ११ नगरपालिका र नौ गाउँपालिका छन् । उनीहरुले लकडाउनको समयमा पनि सामाजिक दूरी कायम राख्दै विकास निर्माणका कामलाई प्राथमिकताका साथ सञ्चालन गरिरहेका छन् ।

विश्वव्यापी माहामारीको रूपमा फैलिएको कोभिड–१९ विरुद्ध नेपाल सरकारले गत चैत ११ गते घोषणा गरेको लकडाउन जारी रहेको रहेको छ । नेपालकै सबैभन्दा बढी स्थानीय निकाय भएको जिल्लामा विकास निर्माण कार्यलाई लकडाउनले खासै प्रभाव पार्न सकेको छैन ।

पछिल्लो क्रममा आर्थिक वर्ष २०७७/०७८ मा जिल्लाको सबैभन्दा धेरै रकम प्राप्त गर्ने लालबन्दी नगरपालिकामा १७ वटा वडा रहेका छन् ।

चालु आर्थिक वर्षमा विनियोजन गरिएको रकमको करिब ६० प्रतिशत काम सकिएको नगरपालिकाका प्रमुख मानबहादुर खड्काले बताए । बन्दाबन्दीका कारण काम गर्न केही समस्या भएको भए पनि नगरमा ठेक्का प्रक्रियामार्फत गरिने काम निरन्तर भइरहेका छन् ।

लकडाउन जारी रहेको भए पनि नगरभित्रका विकासका काम निरन्तर हुँदा केही बेरोजगार तथा मजदुरलाई आफ्नो दैनिकी चलाउन सहज भइरहेको नगर प्रमुख खड्काले बताए । उनका अनुसार नगरपालिकाले चालु आवमा साना तथा ठूला विकास निर्माणका कार्य प्राथमिकतामा परेका र त्यसको काम भइरहेका छन् ।

नगरपालिका–६ को राधाकृष्ण खेल मैदानमा रङ्गशाला निर्माण, फोहोरमैला व्यावस्थापनको रणनीतिक योजना निर्माण, नयाँ हाइटेन्सन लाइनमुनिको जग्गामा पोखरी निर्माण र लालबन्दी खसी तथा मासु बजार व्यवस्थापनको काम भने हुन सकेको छैन ।

हरेक वडामा जाने सडकको मर्मत तथा स्तरोन्नति, दृश्यावलोकन स्तम्भ निर्माणका लागि ठेक्का लगाउनेलगायतका काम निरन्तर भइरहेको नगर उपप्रमुख शान्तिकुमारी लामाले बताए ।

नगरभित्र शिक्षा क्षेत्रको सुधार, बजार व्यवस्थापन, ढल निकास व्यवस्थापन, खेलकूद क्षेत्रको विकासका साथै नगरको आफ्नै भवन निर्माणको शिलान्याससमेत भएको छ ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  ११ : ४४ बजे

शिक्षक महासङ्घद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं – नेपाल शिक्षक महासङ्घले दोस्रो चरणको आन्दोलन घोषणा गरेको

उत्तरी सागरमा ट्याङ्कर र कार्गो जहाज ठोक्किँदा ३२ जना घाइते

पोर्ट सुडान – सोमबार उत्तरी सागरमा एउटा तेल ट्याङ्कर र

भत्ताको रकमबाट विद्यार्थीलाई पोसाक

ओखलढुङ्गा – यहाँको सिद्धिचरण नगरपालिका–११ का वडाध्यक्ष विनोदकुमार ताम्रकारले विद्यार्थीलाई

पर्यटन प्रवर्द्धन गर्न सिद्धबाबा र टाइगर हिलमा ‘हाइकिङ’

गण्डकी – यहाँको पोखरा महानगरपालिका–२२ उल्लेरीस्थित चार सय वर्ष पुरानो

टोड्केको सिरेटोमा रमाउँछन् पाहुना

गण्डकी – बिहानैदेखि मौसम धुम्मिएपछि हिमाल नखुल्ने पक्कापक्कीजस्तै थियो ।