खाडी मुलुकमा कोरोनाले मृत्यु हुनेको संख्या १ हजार ८५ पुग्यो « Khabarhub

खाडी मुलुकमा कोरोनाले मृत्यु हुनेको संख्या १ हजार ८५ पुग्यो


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लाखौं नेपालीहरु कार्यरत खाडीका ६ मुलुकमा कोरोना भाइरसले १ हजार ८५ जनाको मृत्यु भएको छ भने २ लाख २६ हजार ६०६ जना संक्रमित भएका छन् ।

खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै ५०३ जनाको मृत्यु भएको छ । त्यहाँ ८५ हजार २६१ जना संक्रमित भएका छन् ।

यस्तै यूएईमा २६४ जनाको मृत्यु भएको छ भने ३४ हजार ५५७ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कुवेतमा २१२ जनाको मृत्यु भएको छ भने २७ हजार ४३ जना संक्रमित भएका छन् ।

यस्तै ओमानमा ४९ जनाको मृत्यु भएको छ भने ११ हजार ४३७ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कतारमा ३८ जनाको मृत्यु भएको छ भने ५६ हजार ९१० जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणले बहराइनमा १९ जनाको मृत्यु भएको छ । त्यहाँ ११ हजार ३९८ जना संक्रमित भएका छन् । बैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीहरु रहेका खाडी मुलुकमा संक्रमण बढ्दै जादा उनीहरु चिन्तित हुन थालेका छन् ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  १२ : ४३ बजे

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन