काठमाडौं उपत्यकासहित २५ भन्दा धेरै जिल्लामा पुग्याे सलह « Khabarhub

काठमाडौं उपत्यकासहित २५ भन्दा धेरै जिल्लामा पुग्याे सलह


१७ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत शनिबार भारतबाट नेपाल प्रवेश गरेको सलह किरा काठमाडौं उपत्यकासहित मुलुकका २५ भन्दा बढी जिल्लामा पुगेको छ ।

काठमाडौं प्रवेश गरेको सलह किरा उपत्यकाका तीन वटै जिल्लामा पुगेको सलहको विश्लेषण गरिरहेको प्राविधिक कार्यदलका संयोजक सहदेव हुमागाईँले जानकारी दिए ।

बाराबाट नेपाल प्रवेश गरेको सलह मकवानपुर हुँदै काठमाण्डाै आइपुगेकाे हुमागाईँले बताए । उनका अनुसार नेपाल पसेको सलहको समूह विभिन्न साना समूहमा छुट्टिएर २५ भन्दा धेरै जिल्लामा पुगिसकेको छ ।

सलह किराले प्युठान, दोलखा, स्याङ्जालगायतका जिल्लामा मकै तथा तरकारीलगायतका बालीमा क्षति पुर्‍याएकाे किसानहरुले बताएका छन् ।

यसैबीच प्युठानको झिम्रुक गाउँपालिकामा स्थानीयले झ्याली बाजा बजाएर सलह किरा लखेटेका छन् ।

अर्को गाउँबाट सलह आउँदै गरेको थाहा पाएपछि झिमरुक गाउँपालिका २ मुलपानीमा गाउँलेहरु भेला भएर बाजा तथा आवाज आउने वस्तु बजाएर तथा आगो बालेर सलहलाई बस्न नदिइकन भगाएको स्थानीयले बताएका छन् ।

साँझ एक ठाउँमा गएर बस्ने र बिहान ८/९ बजेपछि मात्रै बाली खान खेतमा पस्ने भएकाेले बिहान ५/६ बजेको समयमा विषादी प्रयोग गरी सलह नियन्त्रणमा लिन सकिने विज्ञहरुले बताएका छन् ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ७ : १० बजे

कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष