युभेन्ट्सको जीतमा रोनाल्डोको गोल « Khabarhub

युभेन्ट्सको जीतमा रोनाल्डोको गोल


१७ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – क्रिस्टीयानो रोनाल्डोको गोल सहयोगमा इटालीयन जाइन्ट युभेन्ट्सले जेनोआविरुद्ध जीत हात पारेको छ । सिरी ए मा बुधबार बिहान भएको खेलमा युभेन्ट्सले जेनोआलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफ शुरु भएको पाँच मिनेटमै पाउल डिबलाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यस्तै, खेलको ५६ औं मिनेटमा यो सिजनको २४ औं गोल गरेका रोनाल्डोले टिमलाई २–१ गोलको अग्रता दिलाएका थिए ।

युभेन्ट्सले २–१ गोलको अग्रता बनाएर खेलिरहँदा ड्युगलस कोस्टाले खेलको ७३ औं मिनेटमा विजयी गोल गर्दै ३–१ गोलको जीत दिलाएका थिए ।

रोनाल्डोले एक गोल गरेकै दिन अर्का चिर प्रतिद्वन्दी मानिने लियोनल मेस्सीले सात सय गोल क्लबमा प्रवेश गरेका छन् । बार्सिलोना र एट्लेटिको मड्रिडबीचको खेलमा पेनाल्टी गोल गर्दै मेस्सीले करियरको सात सयौं गोल पूरा गरेका हुन् ।

यस्तै, युभेन्ट्समा कीर्तिमान बनाउन रोनाल्डो एक गोलले पछि रहेका छन् । यो सिजनमा २४ गोल गरिसकेका रोनाल्डो २५ गोल पुरा गर्दै सन् १९६०–१९६१ को सिजनपछि एकै सिजनमा २५ गोल गर्ने पहिलो खेलाडी बन्नेछन् ।

यसअघि यो कीर्तिमान सन् १९६०–१९६१ को सिजनमा २५ गोल गरेका ओमर सिभोरीको नाममा छ । जीत हात पारेको युभेन्ट्स ७२ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ८ : ४७ बजे

स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनमा प्रतिवेदन बुझाउन निर्देशन

पोखरा – पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति

पोखरा बस दुर्घटना : अस्पतालमा आफन्तको भीड (तस्बिरहरू)

पोखरा– पोखरामा भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल

कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो, कति समयमा सकिन्छ मतदान ?

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

लोक तथा दोहोरी गीत प्रतिष्ठानको नेतृत्वमा पशुपति शर्मा, अध्यक्षमा निर्विरोध

काठमाडौं– लोक तथा दोहोरी गीतको क्षेत्रमा लोकप्रिय गायक पशुपति शर्मा