गण्डकी प्रदेशमा बुधबार थपिए २८ कोरोना संक्रमित « Khabarhub

गण्डकी प्रदेशमा बुधबार थपिए २८ कोरोना संक्रमित


१७ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गण्डकी प्रदेशका ६ जिल्लामा बुधबार थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ।

प्रदेश क्षयरोग केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा थप २८ जनाको कोभिड-१९ नतिजा पोजिटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार नयाँ संक्रमितहरूमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) का १२ जना, गोरखा र बागलुङका तीन/तीन, कास्की र तनहुँका एक/एक र स्याङ्जाका आठजना छन्।

संक्रमितहरूलाई अस्पतालको आइसोलेसनमा राखिएको निर्देशनालयको विज्ञप्तिमा जनाइएको छ। आज थप भएका २८ सहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको कूल संख्या ९९४ पुगेको छ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ८ : ५२ बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली