आजको संसद बैठक शोक प्रस्ताव पारित गरी स्थगति हुने « Khabarhub

आजको संसद बैठक शोक प्रस्ताव पारित गरी स्थगति हुने


१७ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आजको संसद बैठक शोक प्रस्ताव पारित गरी स्थगित हुने भएको छ । नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएकाले आजको संसद बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित हुने भएको हो ।

बैठक दिउँसो १ बजे बस्ने तय भएको छ । यसअघि संसद सचिवालयले निकालेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सेवा विधेयक दफावार छलफलका लागि प्रस्तुत गर्ने लगायतका विषय उल्लेख थिए ।

प्रतिनिधिसभामा समानुपातिक सांसद रहेकी छन्त्यालको बुधबार बिहान काठमाडौंमा निधन भएको हो । छन्त्याल बहालवाला सांसद भएकाले संसद बैठक तोकिएको समयमै सुरु हुने छ र शोक प्रस्ताव पारित गर्दै सकिने छ । शोक प्रस्ताव पारित भएपछि संसद बैठक अन्य कार्यसूचीमा प्रवेश गर्दैन ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले सांसद छन्त्यालको निधन भएकोबारे संसद बैठक अगाडि नै संसद सचिवालयमा जानकारी दिने बताए । सम्बन्धित पार्टीले निधन भएको जानकारी जुन दिन दिन्छ, सोही दिन शोक प्रस्ताव पारित गरेर संसद बैठक स्थगित गर्ने प्रचलन छ ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ११ : २९ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र