जस्तोसुकै परिस्थिति आएपनि नेतृत्व नछाड्न ओलीलाई सुझाब « Khabarhub

जस्तोसुकै परिस्थिति आएपनि नेतृत्व नछाड्न ओलीलाई सुझाब


१७ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले परामर्शका लागि बोलाएका मन्त्रीले कमिकमजोरी सच्याएर अघि बढ्न सुझाएका छन् ।

प्रधानमन्त्री ओलीले आज आफू निकटका मन्त्री तथा नेताहरुसँग परामर्श गरेका थिए ।

पार्टी भित्र घेराबन्दीमा परेका प्रधामन्त्री केपी शर्मा ओलीले अबको रणनीतिबारे पार्टी भित्र आफ्नो पक्षका नेता तथा केही मन्त्रीसँग बुधबार बिहान परामर्श गरेका हुन् ।

त्यस क्रममा ओलीलाई उनी पक्षका मन्त्री तथा नेताहरुले अलि फराकिलो भएर सबै पक्षसँग छलफल गरी आन्तरिक समस्या समाधान गर्न सुझाव दिएको बैठकमा सहभागी नेता सुवासचन्द्र नेम्बाङले बताए ।

नेता तथा मन्त्रीहरुले ओलीलाई अहिले देखिएको पार्टी भित्रको समस्या समाधानका लागि आवश्यक परेका बेला आफूहरु त्याग गर्न तयार रहेको पनि बताएका छन् ।

मन्त्री योगेश भट्टराईले छलफलमा सहभागी भएका सबै नेताहरुले कुनै पनि हालतमा पार्टी एकतालाई बचाउन, अन्तरविरोधको समाधानका लागि पहल गर्न, इतिहास र नेपाली जनताले दिएको जिम्मेवारीलाई पूरा गरी पार्टीलाई थप नयाँ जगमा अझ सुद्रिढ र एकताबद्ध बनाउन, विश्वाशको संकटलाई अन्त्य गरी हार्दिक भावनाको विकास गर्न ओलीलाई सुझाव दिएको बताए । उनले अवस्था सकारत्मक दिशामा जाने आश रहेको बताएका छन् ।

को को सहभागी थिए परामर्शमा ?

ओलीले छलफलका लागि प्रचण्ड पक्षका मन्त्रीलाई बोलाएका थिएनन् । ओलीसँगको परामर्शमा मन्त्रीहरु ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, योगेश भट्टराई, घनश्याम भुषालसहित सहभागी थिए । यस्तै नेताहरु सुवास नेम्बाङ, विष्णु पौडेल, किरण गुरुङ, शंकर पोखरेलसहित सहभागी थिए ।

स्थायी कमिटि बैठकमा नेताहरुले ओलीले प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट राजीनामा दिनु पर्ने माग गरेका थिए । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसहित उनीहरु पक्षधर नेताहरुले ओलीलाई मंगलबारको स्थायी कमिटि बैठकमा प्रश्न गरेका थिए ।

केही दिनअघि ओलीले आफूलाई हटाउन दिल्ली र नेपालको शक्ति लागेको अभिव्यक्ति सार्वजनिक रुपमा दिएका थिए । मंगलबारको बैठकमा प्रचण्डले राजीनामा भारतले नभई आफूले मागेको बताएका थिए ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ११ : ५० बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ