नेकपा स्थायी कमिटीको बैठक सुरू | Khabarhub Khabarhub

नेकपा स्थायी कमिटीको बैठक सुरू


१७ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ ।

हिजो चौथो दिनको बैठकमा नेताहरुले पार्टी र सरकारको नेतृत्वमाथि प्रश्न उठाउँदै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेका थिए ।

प्रधानमन्त्री ओलीले आफ्नै पार्टीभित्र घेराबन्दीमा परेपछि आफूपक्षीय स्थायी कमिटी सदस्य र मन्त्रीलाई आज बिहान बालुवाटार बोलाएका थिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को १० असारबाट जारी स्थायी कमिटी बैठकमा हिजो अध्यक्ष ओलीसँग समकक्षी नेताहरूले पार्टी तथा सरकार दुवैको नेतृत्वबाट राजीनामाको माग गरेपछि ओलीले आज बिहान आफू निकटकासँग बालुवाटारमा परामर्श गरे ।

परामर्शमा भेला भएका नेताहरुले ओलीलाई ढाडस दिँदै जस्तोसुकै परिस्थिति सामना गर्न तयार रहने भन्दै नेतृत्व नछाड्न सुझाव दिएका थिए ।

बिहानको परामर्शमा सहभागी नेता सुवासचन्द्र नेम्वाङका  अनुसार प्रधानमन्त्रीलाई आफू निकटका नेताले अलि फराकिलो भएर सबै पक्षसँग छलफल गरी आन्तरिक समस्या समाधान गर्न सुझाव दिएको बताए ।

नेता तथा मन्त्रीहरुले ओलीलाई अहिले देखिएको पार्टी भित्रको समस्या समाधानका लागि आवश्यक परेका बेला आफूहरु त्याग गर्न तयार रहेको पनि बताएका छन् ।

त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले छलफलमा सहभागी भएका सबै नेताहरुले कुनै पनि हालतमा पार्टी एकता बचाउन, अन्तरविरोधको समाधानका लागि पहल गर्न, इतिहास र नेपाली जनताले दिएको जिम्मेवारी पूरा गरी पार्टीलाई थप नयाँ जगमा अझ सुदृढ र एकताबद्ध बनाउन, विश्वाशको संकट अन्त्य गरी हार्दिक भावनाको विकास गर्न ओलीलाई सुझाव दिएको बताए । उनले अवस्था सकारात्मक दिशामा जाने आश रहेको बताएका छन् ।

उनले भने, ‘पार्टीभित्र देखिएका समस्याका बारेमा परामर्श गर्न स्थायी कमिटीका साथीहरुलाई अध्यक्ष तथा प्रधानमन्त्री कमरेड केपी ओलीले आज बिहान बोलाउनुभयो । बाँकी नेता र सदस्यहरुसँगै पनि परामर्श गर्ने प्रमले बताउनुभयो जुन सकारात्मक छ । सहभागीहरुले कुनै पनि हालतमा पार्टी एकता बचाउन्, अन्तरविरोधको समाधानका लागि पहल गर्न, इतिहास र नेपाली जनताले दिएको जिम्मेवारी पुरा गर्दै पार्टी थप नयाँ जगमा अझ सुदृढ र एकताबद्ध बनाउन, विश्वाशको संकटलाई अन्त्य गरी हार्दिक र कमरेड्ली भावनाको विकास गर्न प्रमलाई सुझाब दिनुभएको छ । चिज साकारत्मक दिशामा जाने आशा गरौ । प्रोक्सी वार बन्द गरौ ।’

हिजोको बैठकमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल तथा उपाध्यक्ष बामदेव गौतमलगायतले खुलेरै प्रधाममन्त्री ओलीको राजीनामा मागेका थिए।

स्थायित्व र सम्वृद्धिको नारा घन्काउँदै दुई वर्षअघि निर्वाचनमा दुईतिहाई नजिकको मत ल्याएर सरकारको नेतृत्व गरिरहेका ओलीले आफ्नै दलबाट घेराबन्दीमा पारिन लागेको महसुस गरेपछि आफूपक्षीय स्थायी कमिटी सदस्यसँग आज छलफल गरेका हुन् ।

बैठकमा सहभागी अर्का नेताका अनुसार विश्व कोभिड–१९ का कारण उत्पन्न जटिल परिस्थितिमा छ । नेपाल र नेपाली जनताको स्वास्थ्यसम्बन्धी ठूलो चुनौती छ। यस्तो बेलामा सरकार ढाल्ने र बनाउने खेल हुनुहुँदैन । अब सबैलाई मिलाएर सबै मिलेर अघि बढ्नुपर्छ भन्ने विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री ओलीले भारतले मिचेका भूभागसहित समेटेर नयाँ नक्सा जारी गरेपछि आफूलाई हटाउन चलखेल भएको भन्ने अभिव्यक्ति सार्वजनिक गरेपछि नेकपाभित्रको विवाद सतहमा आएको छ । अध्यक्ष प्रचण्डले भारतले नभई पार्टी र सरकार राम्ररी चलाउन नसकेकाले आफूले नै राजीनामा मागेको बताएका थिए ।

आजको स्थायी कमिटी बैठकमा पार्टी भित्रको विवाद समाधान गर्दै बैठकका एजेन्डालाई पूर्णाता दिने गरी छलफल हुने नेताहरुले बताएका छन् ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री ओलीलाई सुझाव- सबैपक्षसँग छलफल गरौँ, कमजोरी सच्याएर अघि बढौँ

अध्यक्ष ‘प्रचण्ड’ लगायतले मागे प्रधानमन्त्री ओलीको राजीनामा

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  १२ : २७ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । आज नेपाल

जन्ममिति र राशि थाहा नभएका भोला, जसले अभिनयमा भविष्य कोरे

काठमाडौं – कलाकार भोलाराज सापकोटा ठूलो पर्दामा रुचाइएका सहायक कलाकार

कामना सेवा विकास बैंकले सर्वसाधारणका लागी सेयर बिक्री गर्दै

काठमाडौं– कामना सेवा विकास बैंकले सर्वसाधारणका लागी ३३ हजार ८५२

दुग्ध विकास संस्थानले तिर्‍यो ३१ वर्षको सम्पत्ति कर

काठमाडौं– दुग्ध विकास संस्थानले काठमाडौँ महानगरपालिकालाई ३१ वर्षको सम्पत्ति कर

सुवोध प्याकुरेलको प्रश्न– प्रधानमन्त्रीज्यू, अपूरो ज्ञानले राष्ट्रिय परिचयपत्र किन लागु गरेको ?

काठमाडौं– सरकारले हालै जारी गरेको अध्यादेशमार्फत् राष्ट्रिय परिचयपत्रलाई क्रमशः अनिवार्य