एक घण्टा बसेर स्थगित भयो नेकपा स्थायी कमिटी बैठक « Khabarhub

एक घण्टा बसेर स्थगित भयो नेकपा स्थायी कमिटी बैठक


१७ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ । बैठक एक घण्टा बसेर स्थगित भएको हो ।

बैठकमा सहभागी प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली संसद बैठकमा सहभागी हुन जाने भन्दै बीचमै उठेर हिँडेका थिए ।

आजको प्रतिनिधिसभा बैठकमा सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्ने भन्दै प्रधानमन्त्री ओली स्थायी कमिटी बैठक छाडेर बाहिरिएका थिए ।

ओली बाहिरिएपछि अन्य केहि नेता पनि बैठकबाट बाहिरिएका थिए ।

प्रधानमन्त्री संसद बैठकमा जाँदा बैठक स्थगन नगर्ने केहि सदस्यले बताएपनि महासचिव विष्णु पौडेलले आजको बैठक स्थगित गर्न आग्रह गरेपछि एक घण्टा बसेर बैठक स्थगित भएको स्थायी कमिटी सदस्य गणेश शाहले खबरहबलाई जानकारी दिए ।

हिजोको स्थायी कमिटी बैठकमा नेताहरुले प्रधानमन्त्री र नेकपा अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा माग गरेपछि आज ओलीले बिहान बालुवाटारमा आफू निकटका नेतासँग परामर्श गरेका थिए ।

परामर्शपछि स्थायी कमिटी बैठकमा सहभागी भएका ओली बैठकबाट बाहिरिएको केहि समयमै स्थायी कमिटी बैठक स्थगित भएको हो ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  १२ : ५९ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका