एक घण्टा बसेर स्थगित भयो नेकपा स्थायी कमिटी बैठक | Khabarhub Khabarhub

एक घण्टा बसेर स्थगित भयो नेकपा स्थायी कमिटी बैठक


१७ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ । बैठक एक घण्टा बसेर स्थगित भएको हो ।

बैठकमा सहभागी प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली संसद बैठकमा सहभागी हुन जाने भन्दै बीचमै उठेर हिँडेका थिए ।

आजको प्रतिनिधिसभा बैठकमा सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्ने भन्दै प्रधानमन्त्री ओली स्थायी कमिटी बैठक छाडेर बाहिरिएका थिए ।

ओली बाहिरिएपछि अन्य केहि नेता पनि बैठकबाट बाहिरिएका थिए ।

प्रधानमन्त्री संसद बैठकमा जाँदा बैठक स्थगन नगर्ने केहि सदस्यले बताएपनि महासचिव विष्णु पौडेलले आजको बैठक स्थगित गर्न आग्रह गरेपछि एक घण्टा बसेर बैठक स्थगित भएको स्थायी कमिटी सदस्य गणेश शाहले खबरहबलाई जानकारी दिए ।

हिजोको स्थायी कमिटी बैठकमा नेताहरुले प्रधानमन्त्री र नेकपा अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा माग गरेपछि आज ओलीले बिहान बालुवाटारमा आफू निकटका नेतासँग परामर्श गरेका थिए ।

परामर्शपछि स्थायी कमिटी बैठकमा सहभागी भएका ओली बैठकबाट बाहिरिएको केहि समयमै स्थायी कमिटी बैठक स्थगित भएको हो ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  १२ : ५९ बजे

भारतीय ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

विराटनगर- विराटनगरमा मंगलबार साँझ भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको

सरकार र मेलम्चीका स्थानीयबीच जुट्यो सहमति

काठमाडौं– खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रका स्थानीयबीच

कास्कीबाट जेनजी आन्दोलनमा लुटपाट तथा आगजनी गर्ने पाँचजना पक्राउ

गण्डकी- कास्की प्रहरीले जेनजी आन्दोलनमा लुटपाट, तोडफोड तथा आगजनी गर्ने

नेपाल-भारत सीमानाकाको आवागमन सञ्चालन

महोत्तरी- छिमेकी मित्रराष्ट्र भारतको बिहार राज्यमा हुने विधानसभा निर्वाचनलाई मध्यनजर