सांसद छन्त्यालको निधनमा शोक प्रस्ताव पारित, संसद बैठक स्थगित | Khabarhub Khabarhub

सांसद छन्त्यालको निधनमा शोक प्रस्ताव पारित, संसद बैठक स्थगित


१७ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय संसदका दुवै सदनले सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकले सांसद छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गरेको शोक प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो । बैठकले उनको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

राष्ट्रियसभाको आजको बैठकले पनि प्रतिनिधिसभा सदस्य ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

छन्त्यालप्रति श्रद्धाञ्जलि व्यक्त गर्न एक मिनेट मौनधारणसमेत गरिएको थियो । बैठकले छन्त्यालको निधनप्रति गहिरो शोक व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।

नेपाली कांग्रेसबाट २०७४ सालको प्रतिधिनिसभा निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसद छन्त्यालको ६३ वर्षको उमेरमा आज बिहान निधन भएको थियो ।

सांसद छन्त्याल २०७० सालको संविधानसभा निर्वाचनमा बागलुङ क्षेत्र नं ३ बाट निर्वाचित भएकी थिइन ।

सामाजिक एवं ग्रामीण विकासमा सक्रिय, प्रजातन्त्रिक र लोकतान्त्रिक आन्दोलनका योद्धा छन्त्यालको बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग केन्द्रमा उपचारका क्रममा निधन भएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक यही असार २२ गते सोमबार अपराह्न १ बजे बस्नेछ ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  २ : १६ बजे

पूर्वराष्ट्रपति भण्डारीको विषयले एमालेमा प्रवेश पायो, अध्यक्ष ओलीले संवाद गर्ने

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई उचित भूमिका दिन तयार हुनुपर्ने कुरा

राजनीतिमा फर्किने विद्याको प्रयासबारे के भन्छन् केपी ओली ?

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी

वीरगञ्जका दुवै भन्सार कार्यालयको राजस्व संकलन बढ्यो

वीरगञ्ज– मुलुकको राजस्वको ढुकुटीमा सबैभन्दा बढी योगदान पुर्‍याउने वीरगञ्जस्थित वीरगञ्ज

ज्योति विकास बैंकले पायो ‘आईएसओ २७००१:२०२२’ प्रमाणपत्र​

काठमाडौं– ज्योति विकास बैंकले सूचना सुरक्षा व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय मान्यता

स्याङ्जामा उद्योग तथा पसलको सङ्ख्या घट्दो

वालिङ – जिल्लामा उद्योग तथा पसलको सङ्ख्या दिनानुदिन घट्दो छ