गाउँबाट विस्थापित नगरवासीलाई गाउँ फर्काउने योजना | Khabarhub Khabarhub

गाउँबाट विस्थापित नगरवासीलाई गाउँ फर्काउने योजना


१७ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- गाउँमा सेवा सुविधा नभएको भन्दै धेरैले गाउँ छाडेर शहरमा बसाइँ सरे । कतिपयले रोजगारीका लागि त कतिले शिक्षा र स्वास्थ्यका लागि । तर, कोभिड–१९ को सङ्क्रमण बढेपछि शहर झरेका अधिकांश सर्वसाधारण गाउँ फर्किए ।

सुखमा शहर र दुःखमा गाउँ सम्झिनेको कमी रहेन । गाउँ फर्किएका अधिकांश सर्वसाधारण यतिबेला खेती किसानमा आवद्ध छन् ।

गाउँका बाँझो जमिन यतिबेला बाँझो देखिदैन । बाँझो जग्गाको सदुपयोग गर्दै अधिकांशले खेतीपाती शुरु गरेका छन् । असार लागेपछि धान रोप्न महिलाको मात्रै भीड देखिने यहाँका खेतबारीमा अहिले प्रशस्तै पुरुष पनि छन् ।

यसैलाई मध्यनजर गर्दै ब्यास नगरपालिकाले गाउँ फर्किएका नगरवासीलाई गाउँमै टिकाउने गरी गाउँ विकास कार्यक्रम ल्याउने तयारी गरेको छ ।

जीविकोपार्जन र रोजगारीको अवसर वृद्धि गर्दै गाउँ फर्किएका नगरवासीलाई गाउँमै टिकाउने योजना ल्याउन लागिएको ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए ।

उनका अनुसार गाउँमै रोजगारीको अवसरमा सिर्जना गर्न जल, कृषि, शैक्षिक, धार्मिक, खेल, ग्रामीण पर्यटन, सांस्कृतिक एवं प्राकृतिक पर्यटन व्यवसायको विविधिकरण र विस्तारमा जोड दिइने नगरप्रमुख न्यौपानेले बताए ।

कृषि गर्न चाहनेलाई अनुदानको व्यवस्था गरी कृषिमै टिकाउन अन्य सुविधा पनि ल्याउने तयारी गरिएको उनले बताए । खाली जमिनलाई खेर जान नदिन र कृषियोग्य भूमिको पूर्ण उपयोग गरी कृषि उत्पादन गर्ने नीति कार्यान्वयन गरिने भन्दै उनले भने, “जैविक खेती प्रणालीमा जोड दिई रासायनिक मल, उन्नत बीउको आपूर्ति तथा वितरण र सिँचाइको प्रबन्ध मिलाइनेछ ।”

नगरप्रमुख न्यौपानेका अनुसार कृषि तथा कृषिजन्य उद्यम व्यवसायलाई रोजगारीको मुख्य क्षेत्रको रुपमा विकास गर्दै कृषि उत्पादन सङ्कलन गर्न हरेक वडामा एक सङ्कलन केन्द्र निर्माण गरिनेछ ।

कृषकले उत्पादन गरेका कृषि उपज सामग्री बजारीकरणका लागि कृषि एम्बुलेन्स र कृषि परामर्शका लागि दक्षजनशक्तिको व्यवस्थापनमा निजी क्षेत्र र सहकारी क्षेत्रसँग सहकार्य गरिने नगरप्रमुख न्यौपानेले जानकारी दिए ।

कृषि व्यवसाय गर्ने किसानलाई बीउबिजनमा दिइँदै आएको र पशुपक्षीपालन उत्पादनमा अनुदान उपलब्ध गराउने नीति नगरपालिकाको छ । व्यावसायिक बाख्रापालन, माछापालन, स्थानीय जातका गाईभैँसी, बङ्गुर तथा कुखुरापालन कार्यमा सहयोग पुर्‍याई पशुपक्षी बजार प्रवद्र्धन गर्ने कार्य अगाडि बढाउने तयारी गरिएको नगरप्रमुख न्यौपानेले जानकारी दिए ।

नगरपालिकाले युवाहरुमा उद्यमशीलता विकास गर्न विभिन्न पेशा व्यवसाय गर्ने इच्छुक युवाहरुलाई स्वरोजगारमूलक तालीम, वैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई आवश्यक परामर्श सेवा एवं उद्यमशील कार्यमा सहयोग पुर्‍याउने भएको छ ।

नगरप्रमुख न्यौपानेका अनुसार नगरपालिकाले ग्रामीण भेगमा रहेको विद्यालयलाई गुणस्तरीय बनाउँदै शिक्षाका लागि शहर बजार आउन नपर्ने नीति बनाउन लागेको छ ।

“नगरपालिकालाई शैक्षिक हब निर्माण गर्दै नगरपालिकाभित्र रहेका सबै क्याम्पस र विद्यालयको शिक्षा गुणस्तरीय र विश्वसनीय बनाउने नीति अवलम्बन गरिएको छ,” उनले भने ।

कक्षा ५ सम्मका सामुदायिक विद्यालयमा पढ्ने प्रारम्भिक बाल विकास केन्द्र समेतका विद्यालयलाई सङ्घीय सरकारको सहभागितामा दिवा खाजाको प्रबन्ध मिलाइने बताइएको छ ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  २ : ४० बजे

मध्यपुरथिमिमा आज जिब्रो छेड्ने जात्रा, नगर परिक्रमा गरिँदै

भक्तपुर– आश्विन शुक्ल पूर्णिमाका अवसरमा आइतबार साँझ मध्यपुरथिमिमा ‘येंया पुन्ही

देउवालाई बालेन्द्रको कटाक्ष : फेसबुक कुन भीपीएनबाट चलाउँदै हुनुहुन्छ ? 

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार

भन्सार छलीका कपडा र मोटरसाइकलसहित युवक पक्राउ

सिरहा– भारतबाट अवैध रूपमा भन्सार छली गरेर ल्याइएको लत्ताकपडा र

स्वास्थ्य बीमा : अब काभ्रेका आठ संस्थाबाट प्रथम सेवा

काभ्रेपलाञ्चोक– स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतको काभ्रेपलाञ्चोकको थप एक नगर अस्पतालले प्रथम सेवा

निजामती सेवा पुरस्कारद्वारा महानिर्देशक बराल सम्मानित

काठमाडौं– जलस्रोत तथा सिँचाइका क्षेत्रमा उत्कृष्ट सेवा पुर्‍याएबापत जलस्रोत तथा