समयमै वर्षा हुँदा रोपाइँ गर्न सहज | Khabarhub Khabarhub

समयमै वर्षा हुँदा रोपाइँ गर्न सहज


१७ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- वर्षा अनुकूल भएपछि यसवर्ष बाँकेमा असार महिनामै धान रोपाइँ सकिने भएको छ । आकाशे पानीको भरपर्ने बाँकेका अधिकांश किसानले यो वर्ष पानी परिरहेका कारण समयमै धान रोप्न पाएका हुन ।

बाँकेमा हालसम्म करिब ४५ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले जानकारी दिए ।

विगतका वर्षमा साउन महिनाको अन्तिमसम्म रोपाइँ हुने भए पनि यो वर्ष असारको अन्तिमसम्म अधिकांश रोपाइँ सकिने भएको उनले बताए ।

जिल्लामा धानखेती हुने ३६ हजार ५०० हेक्टरमध्ये ४५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गत वर्षको तुलनामा यसवर्ष दोब्बर क्षेत्रफलमा रोपाइँ सम्पन्न भइसकेको छ ।

हरेक दिन कम्तीमा पनि पाँच प्रतिशतका दरले रोपाइँ भइरहेको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख ढकालले जानकारी दिए ।

जानकी, खजुरा, राप्ती सोनारी र बैजनाथ गाउँपालिका क्षेत्रमा अन्यत्र भन्दा बढी रोपाइँ भएको उनको भनाइ छ । बाँकेका किसानले यसवर्ष पनि राधा–४, सुख्खा–३, सावित्री, मन्सुली, रामधान जातको धान रोपाइँ गरेका छन् । जानकी गाउँपालिका ५ बेलहरीका किसान सुरेश अहिरले यो वर्ष आकाशे पानी परिरहेका कारण बेलैमा धान रोपाइँ गर्न पाएकोमा खुशी व्यक्त गरे ।

आफ्नो करिब चार बिगाह खेतमा धान रोपेर सकिएको बताउँदै किसान अहिरले बेलहरी गाउँका सबैजसो किसानले धान रोपेर सकिसकेको जानकारी दिए ।

बाँकेको जानकी गाउँपालिकामा ७० प्रतिशत भन्दा बढी रोपाइँ भइसकेको प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले बताए । बाँकेमा धानखेती हुने ३६ हजार ५०० हेक्टर जमिनमध्ये करिब १३ हजार ७०० अर्थात् करिब २५ प्रतिशत क्षेत्रमा मात्रै सिँचाइ सुविधा छ ।

सिँचाइ सुविधा नहुँदा किसान वर्षेनि आकाशे पानीको भरमा धानखेती गर्न बाध्य छन् । यो वर्ष बाँकेमा कृषि सामग्री कम्पनी लिमिटेड नेपालगञ्जले जेठको अन्तिमबाटै रासायनिक मल बिक्री वितरण शुरु गरेका कारण किसानलाई सहज भएको छ ।

युरिया मलका लागि वर्षेनि सास्ती व्यहोर्न बाध्य बाँकेका किसानलाई यसवर्ष कष्ट व्यहोर्न नदिन पहल गरिएको जिल्ला सहकारी सङ्घ बाँकेका अध्यक्ष प्रेम सुवेदीले बताए ।

प्यूठानमा ९५ प्रतिशत रोपाइँ

प्यूठानमा हालसम्म ९५ प्रतिशत धान रोपाइँ सकिएको छ । समयमा पानी परेपछि जिल्लाका विभिन्न स्थानीय तहमा रहेका खेतीयोग्य फाँटमा धान रोपिएको हो ।
कोरोना सङ्क्रमणका कारण गरिएको बन्दाबन्दीले पनि किसानले यसवर्ष समयमै धान रोपेको कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थविज्ञ उमेश श्रेष्ठले बताए ।

सिँचाइ कुलो र आकाशे पानीको भरमा लगाइने खेतमा समयमै पानी पर्दा रोपाइँ छिटो सकिएको हो । उनले भने,–“जिल्लामा छिटफुट बाहेक अन्य सबै ठाउँमा धान रोपाइँ भइसकेको छ । ”

जिल्लामा यस वर्ष राधा ७, राधा ९, राधा १४, सावित्रीलगायतका जातका धान किसानले रोपेका छन् । अघिल्लो वर्षको तुलनामा जिल्लामा यस वर्ष धानखेती गर्ने क्षेत्रफलमा वृद्धि भएको अनुमान गरिएको छ । अघिल्लो वर्ष ६ हजार ५२५ हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो भने यस वर्ष ६ हजार ५५० हेक्टर क्षेत्रफलमा धान रोपाई भएको कृषि अर्थविज्ञ श्रेष्ठले बताए ।

अघिल्ला वर्षमा बाँझा छाडिएका खेतमा यस वर्ष रोपाइँ गरिएको छ । कोरोना सङ्क्रमणका कारण भारत, तेस्रोमूलुक र नेपालका विभिन्न स्थानबाट फर्किएका युवाले बाँझो जमिनमा पनि धान रोपेको पाइएको श्रेष्ठले बताए ।

रोपण क्षेत्रफल बढेसँगै प्यूठानमा यस वर्ष धान उत्पादन बढ्ने अनुमान गरिएको उनले बताए ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ३ : ०९ बजे

चित्रकार शशिविक्रम शाहलाई ‘आदर्श गुरु सम्मान’

काठमाडौं – भीमदर्शन रोका स्मृति कोषले आज काठमाडौँमा एक समारोहकाबीच

सरकारले दुईतिहाइको दम्भ राख्नु हुँदैन : एनपीए साउद

बैतडी – नेपाली कांग्रेसका नेता एनपी साउदले दुई ठूला दल

निगमले घटायो पेट्रोलियम पदार्थको मुल्य

काठमाडौं – नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ ।

उखु अभावले उद्योग बन्द, ‘क्रसिङ’ लक्ष्य हासिल भएन

महोत्तरी– महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेष्ट सुगर एन्ड केमिकल इन्डष्ट्रिजले यसपालि

आजका समाचार : बृहत् विरोध सभाको तयारीमा मोर्चा, नारायणहिटी अगाडि राजावादीको प्रदर्शन र युक्रेन युद्ध अन्त्यको सम्भावना

 सरकारका कारण बढेको असन्तुष्टिले गणतन्त्र रक्षामा चुनौती : समाजवादी मोर्चासमाजवादी