नेपालमा एकैदिन १४ सय ६२ ले जिते कोरोना संक्रमण, निको हुनेको संख्या ४६ सय ५६ पुग्यो « Khabarhub

नेपालमा एकैदिन १४ सय ६२ ले जिते कोरोना संक्रमण, निको हुनेको संख्या ४६ सय ५६ पुग्यो


१७ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४६२ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

कोरोना संक्रमणबाट मुक्त हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ४ हजार ६५६ पुगेको छ ।

यसअघि मंगलबार ६० जना कोरोना भाइरस संक्रमण मुक्त भएर घर फर्किएका थिए । मंगलबार कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ हजार १९४ रहेकोमा आज ४ हजार ६५६ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा दिइएको जानकारी अनुसार बुधबार ४ सय ८२ जना नयाँ संक्रमित थपिएका छन् ।

अहिलेसम्म देशभर कूल संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ । बुधबार १ सय १७ महिला र ३ सय ६५ पुरुषमा संक्रमण पुष्टि भएको छ । कुल संक्रमितमध्ये महिला १ हजार ७ सय ७४ र पुरुष १२ हजार २ सय ७२ जना रहेका छन् ।

कोरोनाबाट बुधबार थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ । अछामको बयलवाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका एक पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

यो सँगै देशभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ । मन्त्रालयकाअनुसार अछामको बयलपाटा अस्पतालमा उपचाररत रामारोशन गाउँपालिका ५ का ४५ वर्षिय पुरुषको असार १४ गते मृत्यु भएको थियो ।

मृतक पुरुषको स्वाव संकलन गरी सेती प्रदेशीक अस्पतालमा भएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यसैबीच सरकारले बालबालिकामा संक्रमणको जोखिम देखिएकोले सचेत रहन आग्रह गरेको छ । १४ हजार बढी संक्रमितमध्ये २ हजार ६१ जना १८ वर्षमूनिका संक्रमित रहेको उनले बताए ।

सुदूरपश्चिममा अहिलेसम्म १ सय ७५ जना संक्रमित ९ वर्षमूनिका छन् । उनीहरु आफ्ना आमाबुबासँग भारतबाट फर्किएका बालकालिका हुन् ।

त्यस्तैगरी पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ८६ पीपीआर परीक्षण गरिएको छ । साथै अहिलेसम्म देशभर २ लाख ३३ हजार २ सय २७ पीसीआर परीक्षण गरिएको छ भने ३ लाख ६ सय २० आरडीटी परीक्षण गरिएको छ ।

हालसम्म देशभर क्वारेन्टाइनमा ४८ हजार ३ सय ६२ जना रहेका छन् भने ९ हजार ३ सय ६० जना आइसोलेसनमा रहेका छन् ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ६ : ०१ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा