नेपालमा एकैदिन १४ सय ६२ ले जिते कोरोना संक्रमण, निको हुनेको संख्या ४६ सय ५६ पुग्यो « Khabarhub

नेपालमा एकैदिन १४ सय ६२ ले जिते कोरोना संक्रमण, निको हुनेको संख्या ४६ सय ५६ पुग्यो


१७ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४६२ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

कोरोना संक्रमणबाट मुक्त हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ४ हजार ६५६ पुगेको छ ।

यसअघि मंगलबार ६० जना कोरोना भाइरस संक्रमण मुक्त भएर घर फर्किएका थिए । मंगलबार कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ हजार १९४ रहेकोमा आज ४ हजार ६५६ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा दिइएको जानकारी अनुसार बुधबार ४ सय ८२ जना नयाँ संक्रमित थपिएका छन् ।

अहिलेसम्म देशभर कूल संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ । बुधबार १ सय १७ महिला र ३ सय ६५ पुरुषमा संक्रमण पुष्टि भएको छ । कुल संक्रमितमध्ये महिला १ हजार ७ सय ७४ र पुरुष १२ हजार २ सय ७२ जना रहेका छन् ।

कोरोनाबाट बुधबार थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ । अछामको बयलवाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका एक पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

यो सँगै देशभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ । मन्त्रालयकाअनुसार अछामको बयलपाटा अस्पतालमा उपचाररत रामारोशन गाउँपालिका ५ का ४५ वर्षिय पुरुषको असार १४ गते मृत्यु भएको थियो ।

मृतक पुरुषको स्वाव संकलन गरी सेती प्रदेशीक अस्पतालमा भएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यसैबीच सरकारले बालबालिकामा संक्रमणको जोखिम देखिएकोले सचेत रहन आग्रह गरेको छ । १४ हजार बढी संक्रमितमध्ये २ हजार ६१ जना १८ वर्षमूनिका संक्रमित रहेको उनले बताए ।

सुदूरपश्चिममा अहिलेसम्म १ सय ७५ जना संक्रमित ९ वर्षमूनिका छन् । उनीहरु आफ्ना आमाबुबासँग भारतबाट फर्किएका बालकालिका हुन् ।

त्यस्तैगरी पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ८६ पीपीआर परीक्षण गरिएको छ । साथै अहिलेसम्म देशभर २ लाख ३३ हजार २ सय २७ पीसीआर परीक्षण गरिएको छ भने ३ लाख ६ सय २० आरडीटी परीक्षण गरिएको छ ।

हालसम्म देशभर क्वारेन्टाइनमा ४८ हजार ३ सय ६२ जना रहेका छन् भने ९ हजार ३ सय ६० जना आइसोलेसनमा रहेका छन् ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ६ : ०१ बजे

मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज सञ्चालनबारे छलफल

झापा– प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरले मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज

सिरहा गोलबजारमा कर्फ्यु यथावत (तस्बिर)

सिरहा– सुनसरीको घटनापछि सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर

निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित

झापा– भद्रपुर भन्सार कार्यालयले निर्यात ठप्प हुँदा गत आर्थिक वर्षमा

सद्भाव र शान्तिको सन्देश दिँदै सर्लाहीमा र्‍याली

काठमाडौँ– सुनसरीको कप्तानगञ्जमा भएको जातीय हिंसापछि देशका विभिन्न स्थानमा तनाव

गोदावरी मार्बलको खण्डहर स्वरुप (तस्बिर)

काठमाडौँ– उद्योगका याद विस्मृत भएका छैनन् । कुन कुनामा के