आईसीसीका अध्यक्ष मनोहरले दिए राजीनामा, ख्वाजालाई जिम्मेवारी « Khabarhub

आईसीसीका अध्यक्ष मनोहरले दिए राजीनामा, ख्वाजालाई जिम्मेवारी


१७ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष सशांक मनोहरले कार्यकाल सकिएपछि पदबाट राजीनामा दिएका छन् ।

आफ्नो दुईवर्षे कार्यकाल सकिएपछि मनोहरले बुधबार राजीनामा दिएको आईसीसीले जनाएको छ ।

आईसीसीका कार्यकारी निर्देशक मनु सुवानेले दुई वर्षे कार्यकाल सफल रुपमा सम्पन्न गरेकोमा धन्यवाद भनेका छन् ।

आईसीसीका कार्यकारी प्रमुख मनु सावनेले भने, ‘आईसीसी बोर्ड, कर्मचारी र सम्पूर्ण क्रिकेट परिवारको तर्फबाट म शशांकलाई उनको नेतृत्व र आईसीसी अध्यक्षको हैसियतमा खेलका लागि गरेको योगदानका लागि धन्यवाद दिन्छु ।’

यस्तै, मनोहरले राजिनामा दिएसँगै उपाध्यक्ष रहेका इमरान ख्वाजाले अध्यक्षको जिम्मेवारी पाएका छन् ।

अध्यक्षको जिम्मेवारी सम्हालेका ख्वाजाले भनेका छन्, ‘आईसीसी बोर्डका सबैले शशांकलाई हाम्रो खेलप्रति देखाएको प्रतिबद्धताको लागि हार्दिक धन्यवाद दिनेछौँ । शशांकले क्रिकेट र आईसीसीलाई राम्रो ठाउँमा पुर्‍याएका छन् ।’

सम्भवतः आगामी साता आईसीसीको नयाँ अध्यक्षको लागि प्रक्रिया अगाडि बढाइने छ ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ८ : १८ बजे

समानुपातिक बन्दसूचीबारे आइरहेका प्रतिक्रियाप्रति रास्वपाको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक बन्दसूचीबारे सरोकारवाला पक्षबाट प्राप्त प्रतिक्रिया

काठमाडौं महानगरले ‘हेरचाह’ सेवालाई नमूना कार्यक्रमका रूपमा सुरु गर्ने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला

गाजामा सहायता समूहलाई रोक्नु ‘अपमानजनक’ कार्य

एजेन्सी– गाजामा दर्जनौं सहायता समूहहरूलाई जनवरीदेखि सञ्चालन गर्नबाट रोक्ने इजरायलको

मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा

गण्डकी– मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा विस्तार