दाङमा सलहले सयौं हेक्टरको अन्नबालीमा पुर्‍यायो क्षति  « Khabarhub

दाङमा सलहले सयौं हेक्टरको अन्नबालीमा पुर्‍यायो क्षति 


१७ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- मंगलबार दिउँसो दाङमा देखिएको सलहले जिल्लाका सयौंँ हेक्टर जमिनमा लगाएकोअन्न बालीमा क्षति पुर्‍याएको छ ।

कृषि ज्ञान केन्द्र दाङका अनुसार सलहले आज साँझसम्म जिल्लाका दशै पालिकामा लगाइएको बालीमा क्षति पुर्‍याएको छ ।

केन्द्रका प्रमुख सन्देश धितालका अनुसार विशेष गरी मकै र तरकारी बालीमा सलहले नोक्सानी पुर्‍याएको छ।

सलह घोराही र तुलसीपुर उपमहानगरपालिका तथा बङ्गलाचुली, राप्ती, गढवा, दंगिशरण, बबई, शान्तिनगर गाउँपालिका र लमही नगरपालिकाका विभिन्न क्षेत्रमा अहिलेसम्म बसिरहेको छ । सलहलाई स्थानीयवासीले भगाउने प्रयास गरे पनि ठूलो सङ्ख्यामा आएकाले नसकिएको उनले बताए ।

उनका अनुसार सलहले अहिलेसम्म करीब सात सय हेक्टर जमीनमा लगाइएको बालीनाली नष्ट पारेको प्रारम्भिक जानकारी आए पनि पूर्ण विवरण भने आउन बाँकी रहेको हुँदा नोक्सानीको दर अझै बढ्न सक्ने छ ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ९ : १५ बजे

विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५

शुक्रबार सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

भेनेजुएलाकी नोबेल शान्ति पुरस्कार विजेताले ट्रम्पलाई दिइन् आफ्नो पदक

काठमाडौं – भेनेजुएलाकी नोबेल शान्ति पुरस्कार विजेता कोरिना मचाडोले आफूले

कास्कीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने

गण्डकी– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा

पर्वतमा विशेषज्ञ स्वास्थ्य शिविर

पर्वत– फलेवास नगरपालिका–३ शंकरपोखरीमा बिहीबार आयोजित एकदिने निःशुल्क विशेषज्ञ स्वास्थ्य