ओलीविरुद्ध एकजुट भएर अघि बढ्ने दाहाल–नेपाल भेलाको निर्णय « Khabarhub

ओलीविरुद्ध एकजुट भएर अघि बढ्ने दाहाल–नेपाल भेलाको निर्णय


१७ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीविरुद्ध एकजुट भएर अघि बढ्ने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले रणनीति तय गरेको छ ।

बुधबारको स्थायी कमिटी बैठक स्थगित भएपछि ललितपुरको एक होटेलमा बसेको दाहाल–नेपाल समूहका नेताहरुको भेलाले प्रधानमन्त्री ओलीमाथि दबाब बनाउने रणनीति तयार पारेको हो ।

‘विधानअनुसार प्रधानमन्त्रीले पार्टी निर्णय मान्नुपर्छ भन्ने भेलाको मूल निष्कर्ष हो,’ भेलामा सहभागी एक नेताले भने, ‘मान्नु भएन भने विधानअनुसार नै अगाडि बढ्छौँं।’ पार्टी विधानमा बहुमतको निर्णय अल्पमतले मान्नुपर्ने प्रावधान छ ।

भेलामा पार्टी कार्यकारी अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, नेताहरु वामदेव गौतम तथा नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ समेत सहभागी भएका थिए ।

बैठकमा सहभागी ६ जनै सचिवालय सदस्यहरुले ओलीको कार्यशैलीप्रति गम्भीर असहमति जनाउँदै उनले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्नेमा सहमति जनाएका छन् । भेलामा प्रचण्ड र माधव नेपाल पक्षधर स्थायी समिति सदस्यहरुको समेत सहभागिता रहेको थियो ।

मंलबार र बुधबारको बैठकमा दाहाल र नेपाल समूहका नेताहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको राजीनामा माग गरेका थिए ।

सचिवालयका पाँचसहित मंगलबार र बुधबार बोल्ने स्थायी कमिटीका अधिकांश सदस्यले ओलीको राजीनामा मागेका थिए । प्रधानमन्त्री ओलीले पनि बिहान आफू निकट केही नेताहरुसँग छलफल गरेका थिए ।

प्रधानमन्त्री ओलीले आइतबार मदन जयन्तीमा आफूलाई हटाउन भारतीय राज्य संयन्त्र र केही नेताहरु लागेको बताएपछि नेकपामा सत्ता संघर्ष  चर्किएको छ ।

बुधबार केहीबेर बसेर स्थगित भएको स्थायी कमिटी बैठक बिहीबार बस्ने छ ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ९ : ५३ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील