साउदीमा अवैधानिक रुपमा बसेका ४९८ नेपालीले पाए बहिर्गमन भिसा | Khabarhub Khabarhub

साउदीमा अवैधानिक रुपमा बसेका ४९८ नेपालीले पाए बहिर्गमन भिसा



दोहा : साउदीमा ४९८ जना अवैधानिक नेपालीले बहिर्गमन भिसा पाएका छन् । बहिर्गमन भिसाको लागि गएको पुस, माघ, फागुन र अन्य समयमा निवेदन दिएकामध्ये ४९८ जनाको भिसा जारी भएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार साउदीको विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा काम गर्दा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाईएका वा नवीकरण नगरिएका कारण नेपालीहरू अवैधानिक हैसियतमा रहेका थिए ।

अवैधानिक नेपालीहरूलाई स्वदेश फर्काउन आवश्यक पर्ने वहिर्गमन भिसा सहज र शीघ्ररुपमा प्रदान गर्ने व्यवस्थाका लागि दूतावासले साउदी सरकारलाई अनुरोध गरेको र अनुरोधपछि साउदी सरकारले बहिर्गमन भिसा प्रदान गर्ने प्रकृया सुरू गरेको दूतावासले जनाएको छ ।

बहिर्गमन भिसाका लागि विभिन्न समयमा सम्बन्धित नेपालीहरुबाट संकलन गरेका विवरण दूतावासले केही समय अगाडि साउदी सरकारलाई उपलव्ध गराएको थियो । तर, कोरोना संक्रमणका कारण अवरूद्ध थियो । यो प्रकृया शुरु भइरहेको समेत दूतावासले जनाएको छ ।

बहिर्गमन भीसा जारी भएकाहरुले आगामी अगष्ट ५, ६, ७ र ८ तारिकमा नेपाल तथा हिमालय एयरलाईन्सले साउदी अरबको रियाद र दमामबाट गर्ने उडानहरुबाट नेपाल जाने तयारी गर्न समेत दूतावासले अनुरोध छ।

साथै, बहिर्गमन भीसाका लागि आवेदन दिन बाकी रहेका अकमा नभएका, हुरुव लागेका वा नवीकरण नभएकाहरुका लागि पछि सूचना जारी गरी आवेदन लिइने समेत दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  १० : १४ बजे

आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखेर काम गर्ने परराष्ट्र सचिवको प्रतिबद्धता

काठमाडौं– कायममुकायम परराष्ट्र सचिव अमृतबहादुर राईले २६ औँ परराष्ट्र सचिवका रूपमा

आगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश 

मोरङ– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश लगानी

कांग्रेस नेता कोइराला बेलायत प्रस्थान

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बेलायत प्रस्थान गरेका

एकै परिवारले स्थापना गरे तीन विद्यालयमा अक्षयकोष

भोजपुर- भोजपुरका एकै परिवारले तीनवटा विद्यालयमा अक्षयकोष स्थापना गरिदिएका छन्

पत्नी अञ्जला धरौटीमा छुटेको भोलिपल्ट पक्राउ परे ऋषिकेशका स्वकीय सचिव

विराटनगर- संसद्‍को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव