डडेल्धुरा अस्पतालका दुई स्वास्थ्यकर्मी सेती नदीमा बेपत्ता, एकको उद्धार « Khabarhub

डडेल्धुरा अस्पतालका दुई स्वास्थ्यकर्मी सेती नदीमा बेपत्ता, एकको उद्धार


१७ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- डडेल्धुरा अस्पतालमा कार्यरत दुई जना स्वास्थ्यकर्मी सेती नदीमा बेपत्ता भएका छन् ।

डडेल्धुराबाट डोटीको शैलेश्वरी दर्शन गर्न आएका उनीहरु नुहाउने क्रममा नदीले बगाउदा बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार खप्तडछान्ना गाउँपालिका वडा नंम्बर ५ बझाङ घर भएका एचए विनय सिंह, परशुराम नगरपालिका डडेल्धुरा घर भएका ल्याव असिस्टेण्ट हरिप्रसाद जोशी बेपत्ता भएका छन् ।

शिखर नगरपालिका वडा नं १० गहनानस्थित सेती नदीमा नुहाउने क्रममा उनीहरुसँगै बगेका एचए खगेन्द्र कुवँरको भने स्थानीयले उद्धार गरेका छन् ।

बेपत्ता भएका दुबै जनाको खोजिकार्यका लागि विभिन्न ठाउँमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपि इन्द्रबहादुर मल्लले जानकारी दिए ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ४ : २४ बजे

शिक्षा क्षेत्रमा संरचनागत सुधार अपरिहार्य : शिक्षामन्त्री पोखरेल

जनकपुरधाम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले समयको आवश्यकता अनुसार शिक्षा

बौद्धमा आत्मदाह प्रयास गरेकी महिलाको उपचारका क्रममा मृत्यु 

काठमाडौं– बौद्धमा आत्मदाह प्रयास गरेकी महिलाको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा

सुर्खेतमा दुई दिन कुरेर सिलिन्डर भर्छन् उपभोक्ता

कर्णाली– सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन आउनेहरूको

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन– ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी– बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा आउन