शनिबार कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? « Khabarhub

शनिबार कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?


१७ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा शनिबार थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २० हजार ८६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.  जागेश्वर गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणका क्रममा सुनसरीका १, कोशी अस्पताल विराटनगर प्रयोगशालामा झापाका १, इलामका १७ र सिरहाका ५ जनामा कोरोना पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका १, इलामका ५, उदयपुरका १ र मोरङका २, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा सप्तरीका ७ जनामा कोरोना पुष्टि भएको प्रवक्ता डा जागेश्वर गौतमले बताए।

नारायणी अस्पताल वीरगञ्जमा बाराका १, पर्साका ६२ र रौतहटका १, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बझाङका ४३, अछामका २८, कैलालीका ९, कञ्चनपुरका ८ र काठमाडौंका २ जनामा कोरोना पाइएको छ।

त्यसैगरी धुलिखेल अस्पताल प्रयोगशालामा कैलालीका २७, काभ्रेपलाञ्चोकका १ र रामेछापका दुई जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, नेपाल प्रहरी अस्पताल प्रयोगशालामा काठमाडौंका १, स्टार अस्पताल सानेपामा पर्साका ३, नेपाल कोरियामैत्री अस्पताल भक्तपुरमा काठमाडौंका २, भक्तपुर र पर्साका १/१ जनामा कोरोना भेटिएको छ।

प्रादेशिक क्षयरोग पोखरा प्रयोगशालामा कास्कीका १, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रुपन्देहीका २, सुर्खेत प्रादेशिक अस्पतालमा सल्यानका १, सेती प्रादेशिक अस्पताल धनगढीमा बझाङका २५, कैलालीका ५३ र कञ्चनपुरका १ जनामा कोरोना  कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ८६ पुगेको छ भने हालसम्म ५६ जनाले ज्यान गुमाएका छन् ।

नेपालमा हालसम्म १४ हजार ४९२ जना  कोरोना संक्रमणमुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ५ : १६ बजे

बालेनप्रति महामन्त्री आचार्यको टिप्पणी : ‘म आफैँ एक्स्ट्रा अर्डिनरी बन्ने कोसिस गर्दैछु’

काठमाडौं– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले प्रधानमन्त्री

रासायनिक मल सुनिश्चितताका लागि अध्ययन कार्यदल गठन

काठमाडौं– नेपालमा रासायनिक मल कारखाना स्थापना भएका खण्डमा उत्पादित मलको

संसद्‍मा ध्रुवराज राईले भने- ‘कुरा त्यही हजुर, धन्यवाद’

काठमाडौँ– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले यसअघिका बैठकमा आफूले

निजामती विधेयकमा महिनावारी बिदाको प्रस्ताव

काठमाडौं– संज्ञा निजामती विधेयकमा महिनावारी बिदाको प्रस्ताव गरिएको छ । 

निजामती विधेयक : अनिवार्य अवकाशको उमेर ६० वर्ष प्रस्ताव, तर विधेयक लागू हुँदा भने ५५-३० लागू हुने

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको संघीय निजामती सेवा सम्बन्धी