शनिबार कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? « Khabarhub

शनिबार कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?


१७ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा शनिबार थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २० हजार ८६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.  जागेश्वर गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणका क्रममा सुनसरीका १, कोशी अस्पताल विराटनगर प्रयोगशालामा झापाका १, इलामका १७ र सिरहाका ५ जनामा कोरोना पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका १, इलामका ५, उदयपुरका १ र मोरङका २, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा सप्तरीका ७ जनामा कोरोना पुष्टि भएको प्रवक्ता डा जागेश्वर गौतमले बताए।

नारायणी अस्पताल वीरगञ्जमा बाराका १, पर्साका ६२ र रौतहटका १, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बझाङका ४३, अछामका २८, कैलालीका ९, कञ्चनपुरका ८ र काठमाडौंका २ जनामा कोरोना पाइएको छ।

त्यसैगरी धुलिखेल अस्पताल प्रयोगशालामा कैलालीका २७, काभ्रेपलाञ्चोकका १ र रामेछापका दुई जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, नेपाल प्रहरी अस्पताल प्रयोगशालामा काठमाडौंका १, स्टार अस्पताल सानेपामा पर्साका ३, नेपाल कोरियामैत्री अस्पताल भक्तपुरमा काठमाडौंका २, भक्तपुर र पर्साका १/१ जनामा कोरोना भेटिएको छ।

प्रादेशिक क्षयरोग पोखरा प्रयोगशालामा कास्कीका १, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रुपन्देहीका २, सुर्खेत प्रादेशिक अस्पतालमा सल्यानका १, सेती प्रादेशिक अस्पताल धनगढीमा बझाङका २५, कैलालीका ५३ र कञ्चनपुरका १ जनामा कोरोना  कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ८६ पुगेको छ भने हालसम्म ५६ जनाले ज्यान गुमाएका छन् ।

नेपालमा हालसम्म १४ हजार ४९२ जना  कोरोना संक्रमणमुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ५ : १६ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचन : सबैभन्दा बढी रुपन्देही र कम मुस्ताङमा उम्मेदवारी

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव कायमै, तराईमा हुस्सुको पीडा उस्तै

काठमाडौं – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ।

भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा

भक्तपुर – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध उजुरी दिन के के गर्नुपर्छ ?

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय