चितवनमा थप ४० जनामा कोरोना भाइरसको संक्रमण « Khabarhub

चितवनमा थप ४० जनामा कोरोना भाइरसको संक्रमण


१६ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवनमा थप ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोभिड ल्यावमा गरिएको परीक्षणमा चितवनका १५ सहित २० जना र धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २० जना चितवनकै गरी २० जनामा संक्रमण पुष्टि भएको हो ।

चितवनस्थित भरतपुर अस्पतालको कोभिड ल्यावकी प्रमुख डा. नीतु अधिकारीका अनुसार सोमबार राति ११ बजे प्राप्त विवरणअनुसार १८ देखि ७३ वर्ष उमेर समूहका २० जनामा संक्रमण भएको छ ।

संक्रमित हुनेमा भरतपुर नगरपालिकाका विभिन्न ७ वटा वडाका ३४ देखि ६५ वर्षसम्मका ६ पुरूष र १८ देखि ५५ वर्षसम्मका ५ महिला छन् ।

यस्तै राप्तिका १ पुरूष र २ महिला तथा रत्ननगरका १ पुरूषमा संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालकै ल्यावमा भएको परीक्षणमा नवलपरासी, कैलाली, पर्सा, अछाम र रौतहटका एक/एक जना गरी थप ५ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा चितवनको भरतपुर नगरपालिकाका थप २० जनामा संक्रमण पुष्टि भएको छ । सोमबार अबेर राति  सार्वजनिक गरिएको विवरण अनुसार २६ देखि ४९ वर्ष उमेर समूहका १५ जना महिला र ३३ देखि ६५ वर्ष सम्मका ५ पुरूषमा संक्रमण पुष्टि भएको कोभिड इन्फो चितवनले जनाएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  ६ : ११ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क