कतारबाट दुई उडानमा नेपाल फर्किए २९७ जना नेपाली « Khabarhub

कतारबाट दुई उडानमा नेपाल फर्किए २९७ जना नेपाली



दोहा : कोरोना भाइरसको महामारी लगायतका कारणले कतारमा अप्ठ्यारोमा परेका २९७ जना नेपाली स्वदेश फर्किएका छन् ।

दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको २३९२ उडान तथा हिमालय एयरलाइन्सको ९५६३२ गरी दुई उडानमार्फत २९७ जना नेपाली स्वदेश फर्किएको कतारस्थित नेपाली दूतावासका द्वितीय सचिव प्रब्रीण भट्टराईले जानकारी दिए ।

दुवै उडानमा समावेश भएका नेपालीहरूमा कोभिड -१९ परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि स्वदेश फर्किएको भट्टराईले बताए ।

स्वदेश फर्कन लागेहरुको यात्रा सहजिकरणका तथा बिदाइका लागि सचिव भट्टराई, नेपाली दूतावासका कर्मचारी तथा नेपाली समुदायका प्रतिनिधिहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

दूतावासका अनुसार हिमालय एयरलाइन्सको दोहा-काठमाण्डौ सेक्टरका लागि सेप्टेम्बर ३, ६, ८ र २३ तारिखका लागि ४ ओटा उडान तय भएको छ ।

कतारबाट स्वदेश फर्किन चाहने नेपालीको संख्या १० हजार भन्दा धेरै छ । सरकारले पाचौँ चरणको उद्धार उडान शुरू गरेसँगै विदेशमा रहेका नेपालीहरू धमाधम स्वदेश फर्कन थालेका छन् ।

 

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  ९ : ०३ बजे

मुस्ताङमा चार हजारभन्दा बढीको आँखा परीक्षण

मुस्ताङ- जिल्लाका पाँच पालिकामा चार हजारभन्दा बढीको आँखा परीक्षण गरिएको

भारतीय प्रतिशोधले पाकिस्तानको नेतृत्व त्रसित

इस्लामावाद- अप्रिल २२ मा जम्मू–काश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारतले

वैतेश्वरका सुत्केरी गृहिणीलाई नि:शुल्क इन्डक्सन चुलो 

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाले पालिका भित्रका सुत्केरी महिला आमाहरूलाई विद्युतीय

एनपिएल ट्रफीसहितको टोली सम्मानित

गुल्मी- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्सको