आज १,०६९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४० हजार ५२९ पुग्यो « Khabarhub

आज १,०६९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४० हजार ५२९ पुग्यो


१६ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा मंगलबार थप १ हजार ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ३९ हजार ४६० थियो ।

पछिल्लो २४ घण्टामा थप ७६८  जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २२ हजार १७८ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २१ हजार ४१० थियो ।

मन्त्रालयका अनुसार सोमबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २२८ पुगेको थियो । आज थप ११ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या २३९ पुगेको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  ४ : २६ बजे

उम्मेदवारी दर्ता समय ५ बजेसम्म लम्ब्याइयो

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत उम्मेदवारी दर्ता गर्ने

झिनो अंकले बढ्यो नेप्से, ७ अर्ब नजिक पुग्यो कारोबार

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ

भृकुटीमण्डपबाट सानेपा पुगेका चन्द्र भण्डारी भन्छन् : पार्टी फुट रोक्न सबैलाई मिलाउने कोसिसमा छु

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टी विभाजन गर्ने

कांग्रेस फुट्छ भन्दै चन्द्र भण्डारी र सुनील शर्माले छाडे विशेष महाधिवेशनस्थल

काठमाडौं‍- पार्टी फुटमा साथ नदिने भन्दै डा. चन्द्र भण्डारी र

कुनै पनि हालतमा पार्टी फुट्न दिँदैनौँ : सुजाता कोइराला 

काठमाडौं– नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीलाई कुनै पनि हालतमा