माछा मार्न गएका युवकको करेन्ट लागेर मृत्यु « Khabarhub

माछा मार्न गएका युवकको करेन्ट लागेर मृत्यु


१६ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज – माछा मार्न गएका बाँकेका एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । जङ्गली बँदेल मार्न थापिएको करेन्टको पासोमा परेर राप्तीसोनारी–२ का २१ वर्षीय तिलक थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जङ्गल क्षेत्रबाट धानबारीमा आउने गरेको बँदेल मार्ने उद्देश्यले स्थानीयले आप्mनो खेतबारीमा करेन्टको पासो थाप्ने गरेका छन् । सो घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच रोजगारी नपाएको भन्दै भारत जान खोज्नेहरुका कारण आज जमुनाह नाकामा केही समय अप्ठेरो स्थिति सिर्जना हुन पुग्यो ।

कोरोना कहरका कारण यातायातका साधन नचलेको र सीमा नाकासमेत बन्द रहेको अवस्थामा कर्णालीलगायत पश्चिमका पहाडी जिल्लाबाट एउटा समूह जामुनाहसम्म आइपुगेको थियो ।

उनीहरुले भारत जानका लागि माग गरिरहेका थिए । “भारतमा राहतकार्ड लिएकालाई छाड्ने गरिएकाले झण्डै १०० जनालाई जमुनहा नाकावाट आज पठाइएको हो”, बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले भने ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  ७ : ०१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै