यूरिया मलको सहज आपूर्ति गर्न बंगलादेश सकारात्मक : प्रधानमन्त्री ओली « Khabarhub

यूरिया मलको सहज आपूर्ति गर्न बंगलादेश सकारात्मक : प्रधानमन्त्री ओली


१६ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशकी समकक्षी शेख हसिनासँग टेलिफोन संवाद गरेका छन् ।

मंगलबार भएको कुराकानीमा प्रधानमन्त्री ओलीले नेपालमा युरिया मलको आपूर्ति सहज गरिदिन अनुरोध गरेका छन् ।

‘आज दिउँसो बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग नेपाल–बंगलादेश सम्बन्धबारे उपलब्धिपूर्ण छलफल भयो’, प्रधानमन्त्री ओलीले भने, ‘यो सिजनका लागि नेपालमा युरिया मल तत्काल आपुर्ति गर्न मैले गरेको अनुरोधलाई उहाँले सकारात्मक रूपमा लिनु भएको छ ।’

संवादमा ओलीले हसिनासँग ५० हजार टन युरिया मल पैँचोका लागि आग्रह गरेका हुन् ।

वार्तापछि परराष्ट्र मन्त्रालयले निकालेको विज्ञप्तिमा ओलीको आग्रहलाई हसिनाले सकारात्मक रूपमा लिएको उल्लेख गरिएको छ ।

ओलीले पनि सामाजिक संजाल ट्वीटरमार्फत संवादका दौरान यो सिजनमा छिटै आवश्यक परेको रासायनिक मलको निर्यातको सम्बन्धमा आफूले गरेको आग्रहलाई हसिना सकारात्मक देखिएको उल्लेख गरेका छन् ।

खेतीपातीको मुख्य समयमै रासायनिक मल अभाव भएपछि सरकारले बंगलादेशसँग पैँचो (सापटी) लिन लागेको हो । त्यसको लागि कृषि मन्त्रालयले केहि समय अघिदेखि नै गृहकार्य गर्दै आइरहेको थियो ।

त्यस्तै प्रधानमन्त्री ओली र हसिनाबीच दुई पक्षीय व्यापार, उर्जा र ट्रान्जिटलगायत अरू विषयमा सहकार्यलाई थप मजबुद् बनाउने विषयमा कुराकानी भएको थियो ।

नेपालमा यसपालि धानमा हाल्ने रासायनिक मलको हाहाकार छ। नेपालमा कृषकहरुले धानमा हाल्ने युरिया मल महागो मूल्यमा किनिरहेका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेडले दुई ठेकेदारलाई मल ल्याउन ठेक्का दिए पनि समयमा मल नल्याउँदा किसानहरु मारमा परेका थिए । कम्पनीले ती ठेकेदारलाई ५० हजार मेट्रिक टन युरिया मल ल्याउन सम्झौता गरेको थियो ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  ७ : ४५ बजे

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर

नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म यतिडील डटकम सञ्चालनमा

काठमाडौं– नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने ई-कमर्स

कमला ह्यारिस चुनाव लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने

एजेन्सी– क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सन्

राप्रपामा रोकिएन एमालेसँग मिल्दा चर्किएको विवाद, केन्द्रीय कार्यालय घेर्दै बागमतीका नेताहरू

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यकारिणी समितिले गरेको कारबाहीविरुद्ध

‘आचार्य’को गीत ‘लै बरी लै’मा रोमान्टिक निखिल

काठमाडौं – एक्सन नायक निखिल उप्रेतीको निर्देशनमा बनेको फिल्म ‘आचार्य’को