‘विश्व भर्चुअल तेक्वान्दो महोत्सव’ मा अशोक खड्का अन्तर्राष्ट्रिय निर्णायकमा छनोट « Khabarhub

‘विश्व भर्चुअल तेक्वान्दो महोत्सव’ मा अशोक खड्का अन्तर्राष्ट्रिय निर्णायकमा छनोट


१५ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व भर्चुअल तेक्वान्दो महोत्सवका लागि नेपालका अशोक खड्का अन्तर्राष्ट्रिय निर्णायकका रुपमा छनोट भएका छन् ।

युएस वर्ल्ड क्लास तेक्वान्दो संघको आयोजनामा आगामी अक्टोबर १० देखि १८ तारिखसम्म सञ्चालन हुने उक्त तेक्वान्दो महोत्सवका लागि खड्का निर्णायक मण्डलमा छानिएका हुन् ।

विश्वभरबाट पाँच जना छनोट गरिएकामा एसियाबाट छनोट हुने खड्का एक्लो निर्णायक हुन् ।

छनोट हुने अन्य निर्णायकमा अमेरिकाका क्यारोलिना मार्क, ब्राजिलका एन्ड्रे ओलिभिरा, क्यानाडाका जिन लि र मेक्सिकोका लुक क्याम्पबाङे रहेको निर्णायक खड्काले जानकारी दिए ।

यसअघि पनि अमेरिकन तेक्वान्दो युनियनको आयोजनामा भएको कोभिड १९ भर्चुअल तेक्वान्दो प्रतियोगितामा खड्काले निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् । निर्णायकको भूमिका निर्वाह गरेवापत उहाँले दैनिक एक सय अमेरिकी डलर पारिश्रमिक पाउनेछन् ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार  ६ : ४५ बजे

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ– राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग पहिरोले अवरुद्ध भएको छ

टोखामा ‘एकीकृत मेट्रिक ठेगाना प्रणाली’को शुभारम्भ

काठमाडौँ– टोखा नगरपालिकाले नगरभित्रका घर तथा भवनलाई व्यवस्थित र सुरक्षित

आत्मदाह गरेका मण्डलका सन्तानको पठनपाठनमा सहयोग गर्ने कांग्रेस सभापति थापाको घोषणा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले आत्मदाह प्रयासपछि उपचारका

मधेस प्रदेशसभा बैठक : बजेटसम्बन्धी कार्यदलको प्रतिवेदन प्रस्तुत हुने

जनकपुरधाम– मधेस प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १

आत्मदाहले छोडेको प्रश्न- समाजले किन धेरै असुरक्षा उत्पादन गर्छ ?

गणेश नेपालीको मृत्युबारे अहिले विभिन्न कोणबाट बहस भइरहेको छ ।