धरानमा कोरोना संक्रमित एक पुरुषको मृत्यु | Khabarhub Khabarhub

धरानमा कोरोना संक्रमित एक पुरुषको मृत्यु


१५ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान – धरानमा थप एक जनाको कोरोना संक्रमितका कारण ज्यान गएको छ ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार सुनसरी इटहरी उपमहानगरपालिका ६ का ५६ पुरुषको गएराति पौने १० बजे मृत्यु भएको हो ।

विराटनगरको विराट मेडिकल कलेजबाट कोरोना संक्रमण पुष्टि भएर रिफर गरिएका उनमा  ज्वरो, खोकीका साथै श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

प्रतिष्ठानको कोभिड अस्पतालमा १४ गते राति साढे ९ बजे भर्ना भएको र अस्पताल ल्याउँदा नै संक्रमितको अवस्था गम्भीर भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए ।

यो सँगै प्रतिष्ठानमा कोरोना संक्रमित भई मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार  ८ : ४६ बजे

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले ऊर्जा, जलस्रोत तथा

टुँडिखेलमा बेरोजगारलाई थरीथरीका ‘अफर’

काठमाडौं– टन्टलापुर घाममा काठमाडौंको टुँडिखेलमा हातमा कागजको टुक्रा बोकेर लाइनमा

काठमाडौं उपत्यकासहितमा चर्को हावाहुरी, केही स्थानमा पानी पर्ने

काठमाडौं – काठमाडौं उपत्यकासहितका जिल्लाहरूमा चर्को हावाहुरी चलिरहेको छ ।

बाग्मती प्रदेशसभाका विषयगत समितिहरू सभापतिविहीन

बाग्मती– बाग्मती प्रदेशसभाअन्तर्गतको पाँचवटै विषयगत समिति लामो समयदेखि नेतृत्वविहीन छ