प्रदेश-५ मा हात धुने अभियान « Khabarhub

प्रदेश-५ मा हात धुने अभियान


१५ आश्विन २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– प्रदेश ५ को सरकारले कोरोना भाईरस (कोभिड–१९) संक्रमणको रोकथाम र नियन्त्रणका लागि १ महिने हात धुने अभियान संचालन गरेको छ ।

कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि सावुन पानीले मिचिमिची २० सेकेन्डसम्म हात धुनु एक महत्वपुर्ण उपाय भएकोले प्रदेश सरकारले असोज १३ गतेदेखि एक महिनासम्म नियमित हात धुने अभियान संचालन गर्ने घोषणा गरेको हो ।

अभियान शुरु भएपछि सावुन पानीले नियमित रुपमा हात धुने बानीमा बृद्धि भएको र हाल प्रदेशमा ९० प्रतिशतले नियमित रुपले हात धुने गरेको भौतिक पुर्वाधार बिकास मन्त्रालयले जनाएको छ ।

अभियानले प्रदेशमा शतप्रतिशत मानिसमा नियमित सावुन पानीले हात धुने बानी बसाल्ने अपेक्षा गरिएको प्रदेश सरकारका प्रबक्ता एवं भौतिक पुर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीले बताए ।

कोरोना संक्रमण आफुलाई लाग्न र अरुलाई सर्नवाट जोगाउन प्रभावकारी स्वास्थ्य सुरक्षाको एक प्रमुख माध्यम सावुन पानीले नियमित हात धुनु नै भएकोले यसलाई सवैले ध्यान दिन र व्यवहारमा लागु गर्न मन्त्री चौधरीले आह्वान गरेका छन् ।

प्रदेशका ७ हजार मानिसमा गरिएको फोन सर्वे अनुसार कोरोनाको महामारीपछि नियमित रुपमा हात धुनेको संख्या बढेको युनिसेफले जनाएको छ ।

प्रदेश सरकारले गत वर्ष प्रदेशमा खानेपानी आयोजनाका लागि ३ अर्ब ८५ करोड रुपैया विनियोजन गरी काम गरेको मन्त्रालयका ईन्जिनियर ध्रुवकुमार धितालले बताए ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  ११ : ५५ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ