प्रदेश-५ मा हात धुने अभियान « Khabarhub

प्रदेश-५ मा हात धुने अभियान


१५ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– प्रदेश ५ को सरकारले कोरोना भाईरस (कोभिड–१९) संक्रमणको रोकथाम र नियन्त्रणका लागि १ महिने हात धुने अभियान संचालन गरेको छ ।

कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि सावुन पानीले मिचिमिची २० सेकेन्डसम्म हात धुनु एक महत्वपुर्ण उपाय भएकोले प्रदेश सरकारले असोज १३ गतेदेखि एक महिनासम्म नियमित हात धुने अभियान संचालन गर्ने घोषणा गरेको हो ।

अभियान शुरु भएपछि सावुन पानीले नियमित रुपमा हात धुने बानीमा बृद्धि भएको र हाल प्रदेशमा ९० प्रतिशतले नियमित रुपले हात धुने गरेको भौतिक पुर्वाधार बिकास मन्त्रालयले जनाएको छ ।

अभियानले प्रदेशमा शतप्रतिशत मानिसमा नियमित सावुन पानीले हात धुने बानी बसाल्ने अपेक्षा गरिएको प्रदेश सरकारका प्रबक्ता एवं भौतिक पुर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीले बताए ।

कोरोना संक्रमण आफुलाई लाग्न र अरुलाई सर्नवाट जोगाउन प्रभावकारी स्वास्थ्य सुरक्षाको एक प्रमुख माध्यम सावुन पानीले नियमित हात धुनु नै भएकोले यसलाई सवैले ध्यान दिन र व्यवहारमा लागु गर्न मन्त्री चौधरीले आह्वान गरेका छन् ।

प्रदेशका ७ हजार मानिसमा गरिएको फोन सर्वे अनुसार कोरोनाको महामारीपछि नियमित रुपमा हात धुनेको संख्या बढेको युनिसेफले जनाएको छ ।

प्रदेश सरकारले गत वर्ष प्रदेशमा खानेपानी आयोजनाका लागि ३ अर्ब ८५ करोड रुपैया विनियोजन गरी काम गरेको मन्त्रालयका ईन्जिनियर ध्रुवकुमार धितालले बताए ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार  ११ : ५५ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने