डोटीमा सक्रिय संक्रमितको संख्या घट्दै | Khabarhub Khabarhub

डोटीमा सक्रिय संक्रमितको संख्या घट्दै


१५ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- पछिल्लो समय सक्रिय संक्रमितको संख्या कम हुँदै गएको छ ।

हालसम्म कोरोना संक्रमित भएका कूल १ हजार ८५ जनामध्ये ९५२ जना निको भएर घर फर्किसकेका छन् । अब जिल्लामा १३३ जना मात्रै सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ ।

१४ दिन आइसोलेसनमा राखेर उपचार गरी पुनःपरीक्षण गर्दा कोरोना संक्रमण नेगेटिभ देखिएका संक्रमितलाई घर पठाउने गरिएको छ ।

संक्रमण भएको १० दिनपछि कोरोना संक्रमित भएका व्यक्तिले अरु व्यक्तिमा नसार्ने भएकाले यहाँका संक्रमित व्यक्तिले समुदायमा कोरोना सार्न नसकेको जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा.प्रकाश ठकुल्लाले जानकारी दिए ।

संक्रमित संख्या बढे पनि कोरोना निको भएर जाने बढेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार बुधबारसम्म जिल्लाका नौ वटै स्थानीय तहबाट ३१७ महिला र ६३५ पुरुष गरी कूल ९५२ जना संक्रमण निको भएर घर फर्किएका छन् ।

९ स्थानीय तहमध्ये सबैभन्दा बढी संक्रमित शिखर नगरपालिकामा देखिएका छन् । उक्त नगरपालिकामा कूल ३०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्ये १८६ जना पुरुष र ११० महिला गरी कूल २९६ जना निको भएका छन् । एक महिला र ९ पुरुष गरी १० जनामा अझै सक्रिय संक्रमण देखिएको नगरपालिका स्वास्थ्य संयोजक हरिष शाहले जानकारी दिए ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार  ११ : ३८ बजे

११ बुँदे निष्कर्षसहित सकियो रास्वपाको विस्तारित बैठक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक चितवनमा

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु

दाङ – दाङको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर

काठमाडौंमा अन्तर वडास्तरीय फुटसल सुरु

काठमाडौं – आजदेखि तेस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल

चार घण्टापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टापछि खुलेको छ। शनिबार

एयर फिल्ड लाइटिङमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा जे देखियो (तस्बिरहरू)

काठमाडाैं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’