कांग्रेस नेताको पीसीआर परीक्षण « Khabarhub

कांग्रेस नेताको पीसीआर परीक्षण


१५ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति अघि नेताहरुको कोरोना परीक्षण गरेको छ ।

पार्टी कार्यालय सानेपामा कांग्रेसले केन्द्रीय सदस्यहरुको कोरोना परीक्षण गरेको हो । कोरोना परीक्षणका लागि स्वाव दिन कांग्रेसका नेताहरु बिहीबार सानेपा पुगेका थिए ।

कांग्रेसले असोज १९ केन्द्रीय समितिको बैठक बोलाएको छ । त्यसअघि सवै नेताहरुको कोरोना परीक्षण गरिएको कांग्रेस नेता कृष्ण सिटौलाले जानकारी दिए ।

केन्द्रीय समिति बैठकमा महाधिवेशनको एजेण्डामाथि छलफल हुने उनले बताए । सिटौलाले यस पटक बैठकमा खुलेर छलफल हुने र कार्यबिधी तथा कार्यतालिकामा सहमतिका साथ अघि बढ्ने निष्कर्ष निकाल्नुपर्ने बताए ।

केन्द्रीय समितिको बैठकबाट सडक आन्दोलनका कार्यक्रम तय गर्ने र संसदीय दलको बैठक बोलाएर संघीय संसद्को विशेष अधिवेशन माग गर्ने तयारी पनि कांग्रेसले गरेको छ । त्यस्तैनेता रामचन्द्र पौडेलसहित २७ केन्द्रीय सदस्यले दर्ता गराएको विरोधपत्रका बारेमा पनि छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार  ३ : ०७ बजे

देशभरका कुन सडकको अवस्था के छ ? कृष्णभीरमा के भइरहेको छ ?

काठमाडौँ – लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

आज हरितालिका तीज : व्रत कसरी बस्ने ?

काठमाडाैँ – भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज

कृष्णभीर पहिरो: नयाँ ट्याकबाट ५० सवारी पास, सोमबारदेखि ग्राभेलिङ हुने

काठमाडौँ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्ण रूपमा

भोटेकोशी बाढीः चार हजार ८९ अझै बेपत्ता

काठमाडौँ – भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा