कर्णाली प्रदेश प्रमुख कलौनीलाई कोरोना सङ्क्रमण « Khabarhub

कर्णाली प्रदेश प्रमुख कलौनीलाई कोरोना सङ्क्रमण


१५ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश अस्पताल/पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा पिसिआर परीक्षण गर्दा बिहीबार प्रदेश प्रमुख कलौनीलाइ कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।

प्रदेश प्रमुखको निजी सचिवालयले आज प्रेस विज्ञप्तिमार्फत प्रदेश प्रमुख कलौनीलाई कोभिड–१९ को सङ्क्रमण देखिएको जनाएको छ ।

प्रदेश प्रमुखका स्वकीय सचिव चूडामणि कलौनीले प्रदेश प्रमुखको कार्यालयमा कार्यरत केही कर्मचारीमा कोभिड–१९ को लक्षण देखिएर परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङअनुरुप प्रदेश प्रमुख कलौनीको पिसिआर परीक्षण गर्दा सङ्क्रमण देखिएको बताए ।

“उहाँको अहिले स्वास्थ्य अवस्था सामान्य छ”, प्रमुख स्वकीय सचिव कलौनीले भने, “उहाँ चिकित्सकको प्रत्यक्ष निगरानीमा होम आइसोलेशनमा बस्नुभएको छ ।”

उनका अनुसार एक साता पहिले कार्यालयका एक जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । ती कर्मचारीको सम्पर्कमा आएका पाँच जना कर्मचारीको ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्दा थप तीन जनामा कोरोना सङ्क्रमण देखिएको उनले बताए ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार  ६ : ११ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग