गृहमन्त्री थापाको अभिव्यक्तिप्रति कलाकार ऋचा शर्माको आपत्ति « Khabarhub

गृहमन्त्री थापाको अभिव्यक्तिप्रति कलाकार ऋचा शर्माको आपत्ति


१५ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार ऋचा शर्माले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छिन् ।

गृहमन्त्री थापाले हालै प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा ‘विश्व परिवेशमा हेर्दा नेपालमा बलात्कारका घटना चिन्ताजनक नभएको’ बताएका थिए । थापाको यो अभिव्यक्तिलाई लिएर कलाकार शर्माले सामाजिक सञ्जालमार्फत असहमति प्रकट गरेकी हुन् ।

शर्माले बलात्कारको विषयमा विगतमा सांसद रामनारायण विडारी, पूर्व गृहमन्त्री वामदेव गौतम र अहिलेका गृहमन्त्री बादलले दिएको अभिव्यक्तिले चिन्तित बनाएको बताएकी छिन् ।

ऋचाले इतिहासमा यसबारेमा लेखाजोखा हुने पनि उल्लेख गरेकी छिन् । उनले सामाजिक सञ्जालमा लेखेकी छिन्ः

१. यस्तो बेला बलात्कार भैरहन्छ – भूकम्पपछि तत्कालीन गृहमन्त्री बामदेव गौतम

२. बलात्कार पुँजीवादीले गराएको हो –निर्मला हत्याकाण्डपछि गृहमन्त्री रामबहादुर थापा

३. बलात्कार भनिएको केसमा ९० प्रतिशत महिलाले इन्जोइ गर्छन् – रामनारायण बिडारी ।

४. दिनमा ७ जति मात्रै बलात्कार, चिन्ता लिनुपर्ने अवस्था होइन – गृहमन्त्री रामबहादुर थापा ।’

याद राख्नुहोला यी नामहरू इतिहासमा लेखाजोखा हुनेछ ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार  १० : ०८ बजे

फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?

काठमाडौं – फिफा विश्वकप फुटबल २०२६ काे मैदानबाट ४४ वटा

सार्वजनिक लेखासहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक

गोरखामा ५८ प्रतिशत रोपाइँ सकियो

गोरखा– समयमै मनसुन सक्रिय भएपछि गोरखामा धान रोपाइँले गति लिएको

प्रतिनिधिसभा बैठक बस्दै (सम्भावित कार्यसूचीसहित)

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

बस्ती जोगाउन तटबन्ध निर्माण

पाँचथर– पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमास्थित हेंवा खोला