एजेन्टसँग मिलेर नेपाल वायुसेवा निगमलाई डुबाउन खोजियो: माधव नेपाल « Khabarhub

एजेन्टसँग मिलेर नेपाल वायुसेवा निगमलाई डुबाउन खोजियो: माधव नेपाल


१५ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ नेकपाका वरिष्ठ नेता तथा सांसद माधव कुमार नेपालले नेपाल वायुसेवा निगमको बिजोग बनाउन खोजिएको बताएका छन् ।

नेता नेपालले संसदको समितिमा बोल्दै यसअघि सरकारले निजीकरण गरेका राज्यका विभिन्न संरचनाहरु जस्तै वायुसेवा निगमको पनि बिजोग गराउन खोजेको बताएका हुन् ।

उनले अहिलेको अवस्थामा वायुसेवा निगम र अन्य निजी कम्पनीहरु हेर्दा निजी सेवा कम्पनी सधै फाइदामा गएको तर सरकारी सेवा प्रदायक सधै घाटामा जाने अवस्था आएको समेत बताए ।

साथै उनले अनेकौं एजेण्टहरुसँग मिलेर साँठगाँठ गर्दै विमानलाई मुनाफा कमाउने ठाउँमा पुग्न नदिने काम भइरहेको आरोप समेत लगाए ।

बैठकमा सहभागी अन्य सांसदहरुले पनि हिमालय एयरलाइन्सलाई ‘ग्राउण्ड ह्याण्डलिङ’ को जिम्मेवारी दिएर सरकारले नेपाल वायुसेवा निगमलाई धरासायी बनाउन खोजेको आरोप लगाएका छन् ।

‘ग्राउण्ड ह्याण्डलिङ’ निगमको मुख्य आयस्रोतका रुपमा रहेको र यसको मुख्य जिम्मा खोसेर सरकारले हिमालय एयरलाइन्सलाई दिएकोप्रति सांसदहरुले आपत्ति जनाएका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार  १० : २४ बजे

धरानमा विद्युतको गाडी दुर्घटना: प्राधिकरणका दुई कर्मचारीको मृत्यु

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरण, धरान वितरण केन्द्रको विद्युत् मर्मत

कान्ति लोकपथ अस्थायी रूपमा बन्द

ललितपुर– लगातारको वर्षा र मनसुनजन्य जोखिमका कारण कान्ति लोकपथमा सवारी

मिटरब्याज पीडित भेट्न गृहमन्त्री सुधन गुरुङ सिमरामा, मार्चमा रहेका पीडित निजगढमै रोकिए

काठमाडौँ – मिटरब्याज पीडितका समस्या सुन्न र उनीहरूलाई भेट्न गृहमन्त्री

एक सातामा आत्मदाहबाट तीन जनाको मृत्यु : विवेक मण्डलको उपचारका क्रममा निधन

काठमाडौँ – शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका सर्लाहीका ३५

हर्क राई नेतृत्वको दार्चुला पुल निर्माणमा सामग्रीभन्दा प्रशासनिक खर्च बढी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)