बाँकेमा थप दुई कोरोना संक्रमितको मृत्यु « Khabarhub

बाँकेमा थप दुई कोरोना संक्रमितको मृत्यु


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बाँकेमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा उपचाररत कैलालीको टीकापुर-१ का ६० वर्षीय पुरूषको आज बिहान मृत्यु भएको छ ।

स्वास्थ्यमा समस्या देखिएर कात्तिक १३ गते अस्पतालमा भर्ना भएका ती पुरूषको १५ गते कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

कोरोना पोजेटिभ देखिएपछि आइसोलेसनमा राखेर उपचार गरिए पनि स्वास्थ्यमा सुधार नआएर बिहान १ बजे मृत्यु भएको बाँकेको कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

यस्तै बाँकेमै अर्का एक संक्रमितको पनि मृत्यु भएको छ । दाङ तुलसीपुर-१८ का कोरोना संक्रमित ७० वर्षीय वृद्धको मृत्यु भएको श्रेष्ठले जानकारी दिए ।

ती वृद्धको शनिवार दिउँसो नेपालगञ्ज मेडिकल कलेज अस्पताल कोहलपुरमा मृत्यु भएको हो ।

उनी कात्तिक १३ गते अस्पतालमा भर्ना भएकोमा १४ गते कोरोना पुष्टि भएको थियो।

योसँगै बाँकेमा बाहिरी जिल्लबाट उपचारका लागि गएर मृत्यु हुने संक्रमितको संख्या २० पुगेको श्रेष्ठले जानकारी दिए ।

 

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ७ : ४५ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी