यसरी भएको थियो भगवान् श्रीकृष्णको मृत्यु « Khabarhub

यसरी भएको थियो भगवान् श्रीकृष्णको मृत्यु


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- महाभारत युद्धको गाथा कसलाई थाहा नहोला र ! युद्ध समाप्त भएपछि जब युधिष्ठिरको राज्यतिलक हुनै लागेको थियो त्यो बेलाकौरवहरुकी माता गान्धारी त्यहाँ उपस्थित भएर श्रीकृष्णलाई सबै कुराको दोष लगाउँदै श्राप दिएकी थिइन् ।

उनले भगवान श्रीकृष्णलाई कौरवहरुको जसरी एकआपसमा दाजुभाई लडेर मृत्यु भयो त्यसरी नै यदुवंशको पनि नाश होस् भन्ने श्राप दिएकी थिइन् । त्यसपछि श्रीकृष्ण त्यहाँको सबै काम सकेर द्वारिका आएका थिए ।

त्यहाँ महाभारतको युद्धलाई लिएर विभिन्न विवादित विषयहरु उठे र मतभेद हुन लाग्यो ।

सात्यकी र कृतवर्माको बीचमा विवाद उत्पन्न भएपछि सात्यकीले रिसमा आएर कृतवर्माको शिर काटिदिए । त्यसपछि एक आपसमा युद्ध शुरु भयो र यदुवंशहरुको बीचमा संहारको स्थिती आयो ।

यो भीषण लडाईमा श्रीकृष्णका पुत्र प्रद्युम्न र उनका मित्र सात्यकीसमेत सबै यदुवंशी मरे । लडाईँमा बब्रु र दारुक मात्र बचेका थिए । जसले यदुवंशलाई अगाडि बढाएका थिए ।

कसरी भयो भगवान श्रीकृष्णको मृत्यु ?

श्रीकृष्णले द्वारिलाई आफ्नो निवास स्थान बनाएका थिए । साथै उनले सोमनाथको नजिक प्रभास क्षेत्रमा देह त्यागेका थिए ।

उनी त्यहि क्षेत्रमा आफ्नो कुलको विनाश भएको देखेर चिन्तित थिए । त्यो समय देखि उनी त्यहिँ बस्न थालेका थिए ।

एक दिन एक वृक्षको मुनि उनी आराम गरिरहेका थिए । त्यहि बेला उनलाई एक शिकारीले हरीण सम्झिएर वाँण हाने ।

त्यो वाण सिदै श्रीकृष्णको खुट्टामा लाग्यो । त्यहि सानो कुरालाई लिएर श्रीकृष्णले प्राण त्यागेका थिए ।

पौराणिक मान्यताका अनुसार भगवान विष्णुले त्रेता युगमा रामको अवतार लिएर बालीलाई लुकेर मारेका थिए ।-एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ५ : ३० बजे

समाज परिवर्तनका लागि राजनीति गरिनुपर्छ : मन्त्री घिसिङ

चितवन– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले समाज परिवर्तन र

काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

म्याग्दी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली