अमेरिकामा ९४ लाखभन्दा बढीमा कोरोना संक्रमण « Khabarhub

अमेरिकामा ९४ लाखभन्दा बढीमा कोरोना संक्रमण


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकामा ९४ लाखभन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ८६ हजार २९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

नयाँ संक्रमित थपिएसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ९४ लाख २ हजार ५९० पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ६० लाख ६२ हजार ४३८ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ३१ लाख ४ हजार ८० जनामध्ये १७ हजार २०८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ३६ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप ९१४ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ३६ हजार ७२ पुगेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  १ : ५२ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका