राखेप बोर्ड बैठक तिहारपछि बस्ने « Khabarhub

राखेप बोर्ड बैठक तिहारपछि बस्ने


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक तिहारपछि मात्र बस्ने भएको छ ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले तयारी नपुगेको भन्दै राखेपको पहिलो बोर्ड बैठक तिहारपछि मात्र बोलाउने तयारी गरेको जनाइएको छ ।

मन्त्रिपरिषद्ले राखेप बोर्ड सदस्य नियुक्त गरेपछि मन्त्री विश्वकर्माले दशैं लगत्तै बोर्ड बैठक बोलाउने आश्वासन दिएका थिए ।

परिषद्का अध्यक्ष समेत रहेका मन्त्री विश्वकर्माले बैठक आयोजनाका लागि तयारी नपुगेको भन्दै तिहारपछि मात्र बैठक बोलाउने तयारी गरेका हुन् ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार परिषद्को बैठक वर्षको कम्तीमा दुई पटक बस्नुपर्ने उल्लेख छ ।

नयाँ ऐन अनुसार उपाध्यक्षमा शिव कोईराला, सदस्य सचिवमा रमेशकुमार सिलवाल र बोर्ड सदस्यहरु नियुक्त भएका छन् । परिषद्को ३७ जनाको बोर्डमा अझै ओलम्पिक कमिटि, विश्व विद्यालय र उद्योग वाणिज्य महासंघका प्रतिनिधि आउन बाँकी छ ।

परिषद्को पहिलो बोर्ड बैठकले राखेपको कार्यकारी समितिका लागि चार जना सदस्यको नियुक्ति समेत गर्नेछ ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ९ : ५९ बजे

रवि लामिछानेमाथिको संगठित अपराध मुद्दा फिर्ताविरुद्धको पेसी सुवेदी र पोखरेलको इजालसमा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी

आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’

भोजपुर– टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय पर्यटकको

युनेस्कोको विश्व सम्पदा सूचीमा रहेका इरानका ऐतिहासिक स्थलमा बमबारी, १५ मजदुरको मृत्यु

तेहरान – इरानको केन्द्रीय सहर इस्फाहानस्थित एक औद्योगिक क्षेत्रमा शनिबार

बर्दिवासमा खानेपानीको पहुँच हुँदा स्थानीयवासी हर्षित

महोत्तरी– महोत्तरीको बर्दिवास नगरपालिकाका चारवटा वडामा खानेपानीको पहुच पुगेको छ