तारेखमा छाडिएका नागा श्रीमती हत्या आरोपमा पक्राउ « Khabarhub

तारेखमा छाडिएका नागा श्रीमती हत्या आरोपमा पक्राउ


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- कुटपिट गरी श्रीमती हत्या गरेको अभियोगमा प्रहरीले सूर्यविनायक निवासी ३४ वर्षीय रोशन नागालाई पक्राउ गरेको छ ।

२९ वर्षीया श्रीमती निरु कासिछ्वाको हत्या अभियोगमा श्रीमान नागालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एवं प्रहरी उपरीक्षक तारादेवी थापाले जनाकारी दिइन् ।

हत्याको जाहेरी आएपछि नागालाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको उनले बताइन् ।

१२ वर्ष अघि प्रेम विवाह गरेको निरुलाई रोशनले पटकपटक कुटपिट गर्ने गरेको र पछिल्लो समय पनि कुटपिटबाटै मृत्यु भएको माइती पक्षको आरोप छ।

यही असोज १८ गते बिहानै निरु रुदै माइती आएर लोग्नेले पटकपटक कुटपिट गरेको र रातभरी पनि कुटेर सहनै नसक्ने भइयो, पुलिसलाई रिपोर्ट दिनु पर्यो भनेको दाजु विकास कासिछ्वा बताए ।

सोही दिन महानगरीय प्रहरी परिसर भक्तपुरमा उजुरी दिएपछि रोशनलाई बोलाएर छलफल गर्दा अब मिलेर बस्ने भनेर सहमतिपछि पाँच दिनको तारेखमा घर पठाएको उनले बताए ।

प्रहरी उपरीक्षक थापाले तारेखमा छाडे पनि नागा तारेक लिन नआएको र एकै पटक निरुको हत्या भएको जाहेरी आएपछि पक्राउ गरी अनुसन्धान शुरु गरेको जानकारी दिइन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ८ : ३७ बजे

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौं – युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्

दलित समुदायभित्रको अन्तरजातीय विभेद हटाउन ‘नमूना समूह’

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ५ मा दलित समुदाय सामाजिक परिवर्तनका

लुपस बाथले मिर्गौलादेखि मुटुसम्म असर गर्छ : डा.अरुणकुमार गुप्ता

पछिल्लो समय नसर्ने रोगको संक्रमण बढ्दो क्रममा रहेको छ ।

माघ १ का तीन फिल्मको व्यापार कमजोर बनेपछि ‘बिगुल’को प्रदर्शन रोकियो

काठमाडौं – माघे संक्रान्तिको बिदा उपभोग गर्न माघ १ बाट