गण्डकी प्रदेशमा अहिलेसम्मकै धेरै ४२३ संक्रमित थपिए, दुईको मृत्यु « Khabarhub

गण्डकी प्रदेशमा अहिलेसम्मकै धेरै ४२३ संक्रमित थपिए, दुईको मृत्यु


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी ४२३  कोरोना सङ्क्रमित थपिएका छन् । यो अवधिमा थप दुई जनाको मृत्यु भएको छ ।

नयाँ संक्रमितसँगै हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार ७४० पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माका अनुसार पोखरा महानगरपालिका वडा नं १७ निवासी ६० वर्षीय कोरोना सङ्क्रमित पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा आज बिहान ११. ५५ बजे उपचारका क्रममा निधन भएको हो ।

त्यस्तै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालकै कोभिड उपचार केन्द्रको सघन उपचार कक्षमा उपचाररत कास्की, अन्नपूर्ण गाउँपालिका वडा नं ३ निवासी ४७ वर्षीय पुरुषको शनिबार राति निधन भएको उनले बताए ।

यससँगै प्रदेशमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ८० पुगेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ८ : ४७ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका