जानेट यालेनलाई अर्थमन्त्री बनाउने बाइडेनको प्रस्ताव « Khabarhub

जानेट यालेनलाई अर्थमन्त्री बनाउने बाइडेनको प्रस्ताव


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले ट्रेजरी सेक्रेटरी अर्थात् अर्थमन्त्रीमा जानेट यालेनलाई मनोनयनको प्रस्ताव गरेका छन् ।

जानेट अमेरिकी अर्थशास्त्री एवं युनिभर्सिटी अफ क्यालिफोर्नियाकी प्रोफेसर हुन् ।

अर्थमन्त्रीमा जानेट नियुक्त भएमा उक्त पदमा पुग्ने पहिलो महिला हुने बीबीसीले जनाएको छ।

अन्तरिम प्रशासन सञ्चालनको क्रममा बाइडेनले आफ्नो टिममा महिलालाई प्राथमिकता दिँइरहँदा उनको नाम प्रस्ताव गरेका हुन् ।

नयाँ राष्ट्रपतिले चार हजारभन्दा बढी राजनीतिक पदहरु पूर्ती गर्न पाउनेछन् । बाइडेनले विदेशमन्त्रीमा स्टोनी ब्लिंकेन र गृहमन्त्रीमा अलेहान्द्रो मेयरकासलाई प्रस्ताव गरिसकेका छन्।

नोभेम्बर ३ को चुनावबाट अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका बाइडेनले जनवरी २० मा ह्वाइट हाउसमा पद तथा गोपनियताको शपथग्रहणपछि कार्यभार सम्हाल्ने छन् ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ८ : ३५ बजे

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार गर्न निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र

‘मास्टर्नी’को प्रिमियरमा प्रियंकाको ‘सुक्क सुक्क’

काठमाडौं – नायिका प्रियंका कार्कीका लागि फिल्मको प्रिमियर एक सामान्य

एमालेलाई सघाएपछि राप्रपा बागमती दलका नेता थापा प्रदेश सभा र पार्टीबाट निलम्बित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशस्थित संसदीय दलका नेता उद्धव

रविको जवाफ : प्रतिनिधि सभाको दुईतिहाइबाट मात्रै संविधान संशोधन सम्भव छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्ना सल्लाहकार अशिम शाहलाई खटाएर नेपालको

देउवालाई गगनको कटाक्ष : पाँच पटक प्रधानमन्त्री भएको व्यक्ति छैटौँ पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाप्रति कटाक्ष