मानुङकोटमा पूर्वाधार निर्माण गरौँ – नेता पौडेल | Khabarhub Khabarhub

मानुङकोटमा पूर्वाधार निर्माण गरौँ – नेता पौडेल


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटको आज बिहान अवलोकन गरेका छन् । पछिल्लो समय निकै प्रख्यात मानुङकोटको अवलोकन गर्दै वरिष्ठ नेता पौडेलले यहाँ पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए ।

गाउँबाट भागेको मनलाई गाउँमै बसुँबसुँ बनाउने अभियानमा आफू लागिपरेको भन्दै वरिष्ठ नेता पौडेलले आज मानुङ सोही दिशातर्फ अगाडि बढेको बताए । चर्चित गन्तव्यको रूपमा विकास भएको मानुङको सुन्दरतालाई कायम राख्नेतर्फ ध्यान दिनुपर्नेमा पौडेलको जोड थियो ।

उक्त कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, वडाध्यक्ष मोहनकुमार श्रेष्ठलगायतको सहभागिता थियो । मानुङकोटबाट बिहानै सूर्योदय र कुहिरोको दृश्य हेर्न पर्यटकको घुइँचो लाग्ने गरेको वडाध्यक्ष श्रेष्ठले बताए ।

दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ । परापूर्वकालमा महर्षि वेदव्यासका पिता पराशर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको धार्मिक किंवदन्ती रहँदै आएको छ ।

मानुङकोटबाट पाँचवटा हिमालको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ । यहाँबाट धवलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु र लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिने भएकाले यस ठाउँ पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको छ ।

मानुङकोटबाट दमौली बजार, मादी नदी, साँगेखोला, तनहुँ जलविद्युत्को बाँध निर्माणस्थल एवं मनोरम दृश्यहरू देख्न सकिन्छ । यहाँबाट दमौली बजारका साथै आसपासका ठाउँहरू प्रष्ट देख्न सकिन्छ । मानुङडाँडाबाट दृश्यावलोकनका लागि आउने पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै व्यास नगरपालिकाले डाँडाको छेउमा रेलिङ निर्माण गरेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ११ : ३५ बजे

वनपैदावारको आयस्रोत खोइ ?

जैविक रूपमा धनी देशहरू मध्ये नेपाल एक हो । ४५

मुख्यमन्त्री कार्कीद्वारा रङ्गशाला सञ्चालनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता

झापा– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भद्रपुर नगरपालिका-८ स्थित नवनिर्मित मेची क्रिक्रेट रङ्गशाला सञ्चालन

अमेरिकी कर नीतिको कारण अफ्रिकी किसान प्रभावित

रोबर्टसन– दक्षिण अफ्रिकाको प्रमुख वाइन उत्पादन गर्ने रोबर्टसन उपत्यकामाथि अर्को हप्ता लागु हुने

सुक्खाबाट उत्पन्न सङ्कट समाधान गर्न प्रदेश सरकारलाई ध्यानाकर्षण

महेन्द्रनगर– सुक्खा र पानी अभावका कारण उत्पन्न सङ्कट समाधान गर्न