नेकपा बैठक : अध्यक्षद्वयका ‘प्रस्ताव’माथि छलफल प्रारम्भ « Khabarhub

नेकपा बैठक : अध्यक्षद्वयका ‘प्रस्ताव’माथि छलफल प्रारम्भ

सचिवालय बैठक पुनः भोलि १ बजे बस्ने


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रस्तावमाथि छलफल प्रारम्भ भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकमा दुबै प्रस्तावमाथि छलफल प्रारम्भ भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष ओलीले मंसिर १३ गतेको सचिवालय बैठकमा ३८ पृष्ठको ५३ बुँदे प्रस्ताव पेश गरेका थिए । भने कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कात्तिक २८ गतेको सचिवालय बैठकमा १९ पृष्ठको राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

मंगलबारको सचिवालय बैठकमा दुवै प्रतिवेदनमाथि छलफल सुरु भएको हो ।

मंगलबारको सचिवालय बैठकमा अध्यक्ष ओलीले कार्यकारी अध्यक्ष प्रचण्डको प्रतिवेदन र कार्यकारी अध्यक्ष प्रचण्डले अध्यक्ष ओलीको प्रतिवेदनमाथि धारणा राखेका छन् ।

प्रवक्ता श्रेष्ठले पार्टीभित्रको विवाद समाधानका लागि औपचारिक र अनौपचारिक दुबै खाले छलफललाई निरन्तरता दिने भन्दै कुनै पनि हालतमा पार्टी फुट्न नदिने प्रतिवद्धता नेताहरुबाट आएको बताए ।

बैठकमा अध्यक्षद्वयसँगै अन्य सचिवालय सदस्यलेसमेत धारणा राखेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । सचिवालयको अर्को बैठक बुधबार दिउँसो १ बजे पुनः बस्नेगरी सम्पन्न भएको प्रवक्ता श्रेष्ठले बताए ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ४ : ५७ बजे

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र