युरिया मल आएपछि पर्साका किसान हर्षित « Khabarhub

युरिया मल आएपछि पर्साका किसान हर्षित


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- रासायनिक मल युरियाविना धान रोपेका पर्साका किसान गहुँ याममा सो मल पाएपछि हर्षित भएका छन् ।

साउनदेखि युरिया मलको अभाव हुँदा गहुँ खेती प्रभावित भएपछि यहाँका किसान निराश भए पनि केही दिनयता युरिया मल आउन थालेपछि खुशी भएका छन् ।

नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेडले केही दिनयता युरिया मल ल्याउन थालेको छ ।

नेपालका लागि तेस्रो मुलुकबाट ३० हजार मेट्रिक टन युरिया ल्याउनुपर्नेमा हालसम्म एक हजार मेट्रिक टन युरिया तथा चार हजार ६०० मेट्रिक टन पोटास  वीरगञ्ज कार्यालयमा आइसकेको प्रादेशिक प्रबन्धक गोरखनाथ केसीले बताए । तीमध्ये पर्साका लागि १२ हजार ५०० मेट्रिक टन युरिया चाहिन्छन् ।

स्वीस सिङ्गापुर सप्लायर्सले कोलकाता बन्दरगाह हुँदै रेलमार्गमार्फत वीरगञ्जस्थित सुक्खा बन्दरगाहमा सो रासायनिक मल ल्याउने गरेको छ ।

मङ्सिर महिनाभित्र सबै ३० हजार मेट्रिक टन युरिया मल आइपुग्ने सो कार्यालयले जनाएको छ । गहुँ धान, मकैलगायत बर्खेबालीका लागि आवश्यक पर्ने भएकाले अब सो मल आउन थालेपछि यो अभाव समाप्त भएको बताइएको छ ।

लामो समयदेखि युरिया मलको अभाव खेपिरहेका जिल्लाका किसानले युरिया मल पाउन थालेपछि धमाधम गहुँ खेती शुरु गरेको किसान विजय पण्डितको भनाइ छ ।

सो कार्यालयले धान खेतीलाई लक्ष्य गरी जिल्लामा असार महिनासम्म युरिया मल बिक्री गरेको थियो तर मल सकिएकाले सोको अभावमा धान खेती प्रभावित हुन गएको थियो ।

यसअघि सो कार्यालयले  जिल्लाका १४ स्थानीय तहमा युरिया मल बिक्री गर्ने पुराना सहकारी संस्थाले मल बिक्री गर्दा अनियमितता गर्ने गरेकाले तिनलाई खारेज गरी अबउप्रान्त स्थानीय तहले सिफारिस गरेको सहकारी संस्थालाई मात्र मल बिक्रीवितरण गर्ने अधिकार दिइएको छ ।

एउटा डिलरलाई ४० बोरा युरिया, ४० बोरा पोटास र ८० बोरा डिएपी बिक्रीका लागि दिने गरिएको छ । ती संस्थाले स्थानीय तहले निर्धारण गरेको मूल्यमा मात्र रासायनिक मल बिक्री गर्न पाउनेछन् ।

सरकारी स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जले १४ स्थानीय तहमा आफ्ना डिलरमार्फत आर्थिक वर्ष २०७६/७७ मा रु ३६ करोड ९३ लाख सात हजार ८६० मूल्य बराबरको करीब १४ हजार ८५९ दशमलब ४५ मेट्रिक टन रासायनिक मल बिक्री गरेको छ ।

 

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ४ : ५७ बजे

टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबार नेपाल र यूएई

संयोजक दाहालद्वारा अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना

काठमाडौं– पुष्पकमल दाहाल ले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा

वैशाख शुक्ल पूर्णिमा : स्वयम्भूमा बिहानैदेखि श्रद्धालुको घुइँचो

काठमाडौं– वैशाख शुक्ल पूर्णिमाका अवसरमा मनाइने बुद्ध जयन्तीका दिन स्वयम्भूनाथ स्तूप

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बुद्धको सन्देश- वास्तविक सन्देश आफ्नै मनभित्र खोज

आज देशभर तथा विश्वभर बुद्ध जयन्ती अथवा बुद्ध पूर्णिमा श्रद्धा,